नेपाल लोकतान्त्रिक साना होटेल व्यवसायी सङ्घ रुपन्देहीको अध्यक्षमा शिवराज पोख्रेल सर्वसम्मत 

नेपाल लोकतान्त्रिक साना होटेल व्यवसायी सङ्घ रुपन्देहीको अध्यक्षमा शिवराज पोख्रेल सर्वसम्मत 
1 0
Read Time:2 Minute, 44 Second

बुटवल । नेपाली काङ्ग्रेस निकट होटेल ब्यवसायीहरुको सस्था नेपाल लोकतान्त्रिक साना होटेल व्यवसायी सङ्घको रुपन्देहीमा सर्वसम्मत तदर्थ समिति गठन गरिएको छ।
शुक्रवार बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै होटेल होलिडेका सञ्चालक शिवराज पोख्रेलको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय कार्यसमिति चयन भएको छ।

जसको उपाध्यक्षमा कृष्ण प्रसाद पाण्डे र मिना बढ्याल, सचिवमा रुपा भण्डारी र नवराज गौतम,कोषाध्यक्षमा ज्ञान प्रसाद खनाल, सह सचिवमा कृष्ण प्रसाद गैरे र सह कोषाध्यक्षमा जनक पाण्डे सर्वसम्मत चयन भएका हुन। 
यस्तै सदस्यहरूमा जय कँडेल,सन्तोष खड्का,अर्जुन भण्डारी, लक्ष्मण अर्याल र तुलसी चौधरी चयन भएका छन्। 
यस्तै केन्द्रीय प्रतिनिधिमा अर्जुन पोखरेल र प्रदेश प्रतिनिधिमा थमन भण्डारी चयन भएका छन्।

कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस रुपन्देही उपसभापति थानेश्वर घिमिरेले काङ्ग्रेसका होटेल व्यवसायी भित्र एकताको भाव बनाउन संस्थाले भूमिका खेल्नुपर्ने बताए। उनले यो आर्थिक मन्दीको समयमा व्यवसाय बचाउँदै काम गर्न सुझाव दिँदै आवश्यक सहकार्य गर्न तयार रहेको बताए। 
उनले गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई भारत सँग जोड्नु पर्ने बताउँदै यसले पर्यटक आवागमनमा वृद्धि हुने र यसको फाइदा नेपाली व्यवसायीले लिन सक्ने बताए।
नवनिर्वाचित अध्यक्ष पोख्रेलले जिल्ला समिति गठन गर्ने बताउँदै जिल्लाको सबै क्षेत्रलाई समेटेर अगाडि बढ्ने बताए।उनले होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घको निर्वाचनमा लोकतान्त्रिक प्यानल बनाएर निर्वाचनमा गएर जित दिलाउने प्रतिबद्धता व्यक्त गरे। 

कार्यक्रममा नेपाल प्रेस युनियन रुपन्देही सभापति कवीन्द्र नेपाल, होटेल व्यवसायी कृष्ण पाण्डे लगायतले बोल्दै सफलताको शुभकामना दिएका थिए।

Happy
Happy
75 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
25 %

Advertisement