पूर्व बजेट सम्बन्धमा सरोकारवालाहरूसँग छलफल चलाउदै तिलोत्तमा नगरपालिका
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट सम्बन्धमा सरोकारवालाहरूसँग पूर्व बजेट छलफल कार्यक्रम गरेको छ।
नगरपालिकाको सभाहलमा विभिन्न संघसंस्था हरु संघ छलफल गरेको हो।
नगरपालिकाको आ.व. २०८०/०८१ को लागि वार्षिक योजना तर्जुमा गर्ने सम्बन्धमा नगरप्रमुख राम कृष्ण खाणको अध्यक्षतामा गठित स्रोत अनुमान तथा बजेट सिमा निर्धारण गर्नको लागि छलफल गरिएको हो ।
कार्यपालिका सदस्य वडा अध्यक्ष लगाएत सरकारी र गैरसरकारी संघसंस्थाहरु संग छलफल अगाडी बढाईएको हो। जसमा नगरपालिकाको, आर्थिक वर्ष २०८०/८१ को बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी मार्गदर्शन संलग्न गरिएको छ। साथ साथै आ.व. २०८०/२०८१ को लागि प्रस्तावित कार्यक्रम तथा बजेट संकलन गर्ने ढाचाँ पनि संलग्न गरिएको छ।
यसै अबसरमा नगर प्रमुख राम कृष्ण खाणले तिलोत्तमा नगरवासि सबैको अनुहार देखिने गरि बजेत ल्याउने बताए। तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिले कुनै दलको लेप नलगाई विकारमा जोड दिनु पर्ने बताए।
कृर्षिको उत्पादन बढाउन रोजगार र उत्पादनलाई जोडेमा विकास गर्न सकिने बजेट ल्याउन आफुहरु तयार भएको उप -प्रमुख जागेश्वरि देवि चौधरीले बताईन।
सल्लाह एक्यबद्धताले नै विकास सम्भब भएका कारण सबै संघ संस्थाहरुको सुझाव अनुसार बजेट ल्याउनको लागि छलफल राखिएको कार्यकारी प्रमुख नारायण अर्यालले जानकारी दिए।
यसै छलफलमा आनन्दबन खानेपानि तथा सरसफाइ संस्थाका अध्यक्ष केसव राज नयौपाने, करहैया मक्रहर खानेपानी का सचिव निलकन्ठ ज्ञवाली,करहिया खानेपानि तथा उपभोक्ता संस्थाका अध्यक्ष विष्णु रेग्मि छत्तिस कुला पानिका वरिष्ठ उपाध्यक्ष रुक्मागत पाण्डे (विदुर)
सचिव होम पौडेल साथै तिलोत्तमा नगरपालिका भित्र संचालन रहेका सहकारी संचालकहरु संग पनि बजेट सम्बन्धी छलफल गरिएको छ।
तिलोत्तमा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट सम्बन्धमा सरोकारवालाहरूसँग पूर्व बजेट छलफल अनुसार बजेटको निर्धारण गरिने भएको छ।
लेखकको सम्वन्धमा