चर्चामा

बुटवलमा पाठ्यक्रम प्रबोधिकरण तथा बिज्ञान बिषय प्रशिक्षण कार्यक्रम

बुटवलमा पाठ्यक्रम प्रबोधिकरण तथा  बिज्ञान बिषय प्रशिक्षण कार्यक्रम
0 0
Read Time:2 Minute, 43 Second

बुटवल । संस्थागत विद्यालयका शिक्षककालागि पाठ्यक्रम प्रबोधिकरण तथा बिज्ञान बिषयको प्रशिक्षण कार्यक्रम बुटवलमा शनिवार सम्पन्न भएको छ । राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोशियसन एन प्याब्सन रुपन्देहीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा एन प्याब्सनमा आवद्ध ५० विद्यालयका कक्षा १ देखि १० कक्षासम्म अध्यापन गराउने झन्डै तीनसय शिक्षकको सहभागिता रहेको एन प्याप्सन प्रदेश सहसचिव जेबी क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार कक्षा एकदेखी तीनसम्मका दुई सय शिक्षकका लागि पाठ्यक्रम प्रबोधिकरण बिषयमा र कक्षा ४ देखि १० सम्मका शिक्षकलागि बिज्ञान बिषयमा प्रशिक्षण दिईएको थियो । एन प्याब्सनका अध्यक्ष पुरुषोतम बस्यालको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन गर्दै जिल्ला शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख दिपेन्द्र ढकालले सरकारी तवरवाट गर्नु पर्ने काम सस्थागत विद्यालयका छाता संस्था एन प्याब्सनले गरेर आफुहरुलाई शैक्षिक बिकासमा सघाएको बताए । उनले विद्यार्थीमा पाठ्यपुस्तक अध्ययनमा सहजतासङै ब्यवहारिक सीप सिकाईमा तालिम फलदायी भएको बताए । कार्यक्रममा एन प्याब्सनका केन्द्रिय सचिव कृष्ण पौडेलले
शिक्षकहरुमा पेषागत क्षमताको अभिबृद्धी तथा बिकासका लागि शिक्षण सिकाई तालिम उपयुक्त भएको बताए । नया पाठ्यक्रम अनुसारको शिक्षण सिकाई, प्रश्न पत्रको तयारी, बिषय शिक्षण र मुल्यांकन लगायतका बिषयमा शिक्षा मन्त्रालयका उपसचिव शंकर अधिकारी र पाठ्यक्रम बिज्ञ तथा ग्रीन पब्लिकेशन बिज्ञान बिषय सम्पादक जयानन्द कपाडीले प्रशिक्षण दिएको एन प्याब्सनका सचिव बाबुराम बन्जाडेले जानकारी दिए । आउने साता कक्षा १ देखि १० सम्मका शिक्षककालागि सेरोफेरो, सामाजिक र गणित बिषयमा प्रशिक्षण दिइने बन्जाडेले बताए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement