वातावरण तथा सामाजिक जनचेतना सम्बधि सडक नाटक प्रतियोगिता सम्पन्न

वातावरण तथा सामाजिक जनचेतना सम्बधि सडक नाटक प्रतियोगिता सम्पन्न
0 0
Read Time:2 Minute, 50 Second

तिलोत्तमा । तिलोत्तमा नगर पालिका शिक्षा शाखाको एक विधालय एक शिर्जनशिल कार्यक्रम अन्तरगत गौतम बुद्ध मा वि को आयोजनामा वातावरण तथा सामाजिक जनचेतना सम्बधि सडक नाटक प्रतियोगिता बिहीबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगर पालिका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा प्रमुख अतिथि आचार्यले बालबालिकाको पढाइलेखाइ मात्रै नभई बालबालिकाहरुलाइ हरेक कुरामा सक्षम, सबल बनाउन स्कुल लेबल देखिनै बिद्यार्थीहरुलाइ शिर्जनशिल बनाउन यस्ता कार्यक्रमको आवश्यकता पर्ने र यो प्रतिस्पर्धामा भागलिने भाइबहिनीहरुलाइ जित मात्रै नभै हारले भोलिको जितको ढोका खुल्ने बताउनु भएको छ ।
प्रधानाध्यापक मृगेन्द्र रिजालले गौतम बुद्ध सामुदायिक बिधालयका बिद्यार्थी र अन्य बिधालय बिद्यार्थी बिचको सम्बन्ध प्रगाढ हुने यहाको भौतिक संरचना के कस्तो छ त्यस विषयमा पनि जानकारि लिने मौका पाउनुका साथै विद्यार्थीहरुको सर्बाङगिण बिकासको लागि पनि यस्ता खाले प्रतियोगिता आवश्यक रहेको बताउनु भयो ।
सडक नाटक कार्यक्रमको बिधालय ब्यबस्थापन समितिको अध्यक्ष गणेश प्रसाद शर्मा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा न्यौपानेले अन्तर माध्यमिक बिधालय बिच हुने सडक नाटक प्रतिस्पर्धाले अन्तर कला प्रस्फुटन हुने र समाजमा घटेका घटनालाइ स्वतह प्रस्तुत गर्नेले समाजमा पनि राम्रो संदेश जाने बताउनु भयो। कार्यक्रमको सन्चालन सहायक प्रधानाध्यापक शालिग्राम खानलले सन्चालन गर्नु भयको थियो । सडक नाटक प्रतियोतिामा प्रथम दुर्गादत्त मावि शंकरनगर,द्धितीय नवज्योती मावि डिंगरनगर,तृतिय शान्ती नमुना मावि र गौतमबुद्ध सामुदायि विद्यालय सन्तवनाको पुरस्कारबाट पुरस्कृत भएका थिए । सडक नाटक प्रतियोगितामा १५ टिमको सहभागिता रहेको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement