सहकारीहरू उत्पादनमूलक कार्यमा सरिक हुनुपर्छ : नगर प्रमुख श्रेष्ठ

सहकारीहरू उत्पादनमूलक कार्यमा सरिक हुनुपर्छ : नगर प्रमुख श्रेष्ठ
0 0
Read Time:3 Minute, 14 Second

अनिल नेपाली : अर्घाखाँची ।सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले सहकारीहरू उत्पादनमूलक कार्यममा सरिक भई आत्मनिर्भर हुनुपर्ने बताउनुभएको छ । आर्थिक समृद्धिका लागि पारदर्शी सहकार्य भन्ने मुल नाराका साथ डोलेश्वर बहुउद्देश्यीय सहकारी सस्था लि आफ्नो प्रथम बार्षिक उत्सबको अबसरमा आयोजना गरेको व्यबसायीक कागती खेतीको सन्धिखर्क नगरपालिका वडा न २ मा शनिबार शुभारम्म कार्यक्रममा मन्तब्य राख्दै श्रेष्ठले यस्तो बताउनुभएको हो । नगर प्रमुख श्रेष्ठले सहकारीका आफ्ना निति सिदान्त रहेता पनि सिद्धान्त अनुसार गाँउगाँउका सहकारीले काम गर्न नसकेको अबस्थामा स्थापनाको छोटो समयमा सहकारीले उत्पादनमुलक कार्य सहितको काम सुरुवात गर्न थालेको बताउदै कृषिलाई व्यबसायीकरण आधुनिकीकरण गर्नका लागि अब सरकारले बितरणमुखि कृषिका अनुदान कार्यक्रम खारेज गरी प्रभाबकारी रूपमा किसानको जिवनस्तर माथि उठ्ने गरी प्रभाबकारी रुपमा अनुदान कार्यक्रम ल्याउनुपर्नेमा जोड दिदै राज्यको लाखौं रूपैयाँ लगानीमा निशुल्क बाडिने बिरूवा अनुदानका कार्यक्रम प्रभाबकारी उपलब्धिमुलक हुन नसकेको बताउदै सस्थाले आफ्नै लगानीमा थालनी गरेको कागती खेती ले आत्मनिर्भर बन्ने बाटोको शुभारम्म भएको बताए । कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा न २ का अध्यक्ष मोतिजङ रायमाझी प्रधानमन्त्री कृषि आधुनिकीकरण का कृषि अधिकृत दिवाकर पन्थ सन्धिखर्क नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराई चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश सदस्य शुक्रदेब बेल्वासे लगायतका बक्ताले कार्यक्रम मन्तब्य राख्दै व्यबसायीक सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम सस्थाका अध्यक्ष मोतिराज शर्माको अध्यक्षता कार्य कारी प्रमुख दिपक केसिको सञ्चालन लेखा समिति सयोजक शारदा खनालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा शेयर सदस्य सञ्चालक सदस्य लगायतको उल्लेखनीय सहभागीता रहेको थियोे सस्थाले स्थापनाको छोटो समयमा सामाजिक कार्यमा रचनात्मक सकारात्मक काम गदै बचतकर्ताको मन समेत जितेको पाइएको छ सस्थाले स्थापना दिवसको अबसरमा नयाँ कामको थालनी समेत गरेको बताए ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement