निजी क्षेत्रका कृषि बजारकाे भुमिका महत्त्वपूर्ण ; किसान चाैतारीमा खुद्रा बजार सचालन हुने
बुटवल । राष्ट्रिय कृषि बजार संघ तर्दथ समितीका संयोजक एवं कृषि बजार विज्ञ झलक लाल श्रेष्ठले निजि क्षेत्रका बजारले किसान र उपभोक्ता विच पुलकाे काम गर्दै आएकाे वताएका छन् । उनले राज्यले यस्ता बजारकाे भुमिकालाई अझपनि बुझ्न नसकेकाे वताउदै सरकारले यस्ता बजारलाई हाैसला दिन पानी, बिधुत , जग्गा भाडा वा अन्य कुनै सेवामा सहुलियत दिन आवश्यक रहेकाे सुझाएका छन् ।
लुम्बिनी कृषि उपज थाेक बजार प्रालिकाेे विशेष साधारण सभामा प्रमुख अतिथिका रूपमा बाेल्दै संयाेजक श्रेष्ठले कृषिकाे राम्राे सम्भावना रहेकाेले सरकारले निजी क्षेत्रका बजार संग हातेमालाे गरि कृषिमैत्री निति ल्याउन सके आयात प्रतिस्थापन भई कृषि पैदावर निर्यातमा वल पुग्ने दावि गरे ।
संस्थाका अध्यक्ष भिमकान्त पन्थीले लुम्बिनी कृषि उपज थाेक बजार निजि क्षेत्रले ब्यवस्थित रूपमा निर्माण गरेकाे नेपालकै ठुलाे बजार भएकाे वताउदै यसलाई नमुनाका रूपमा संचालन गर्ने याेजना रहेकाे प्रतिबद्धता जनाए । काेराेना कालमा निजीक्षेत्रकाे लगानीमा करिव १ बर्षमै निर्माण भएकाे ३ बिगाहा क्षेत्रफलमा रहेकाे याे बजारमा १ सय ७८ वटा आधुनिक ब्यावसायिक सटरहरू रहेकाे जानकारी दिए । अध्यक्ष पन्थीले थाेक बजारभित्र रहेकाे किसान चाैतारीकाे सटरमा किसान र उपभोक्तालाई लाभहुने गरेर असार १० गतेदेखि खुद्रा बजार संचालन हुने जानकारी दिए ।
कार्यक्रममा लुम्बिनी कृषि सहकारी का अध्यक्ष जगदिष आचार्य,
सल्लाहकार बिष्णु खनाल, घनश्याम भुषाल, राष्ट्रिय कृषि बजार संघका सदस्य दामाेदर खनाल, संचालक कृष्ण पाेखरेल, बाबुराम भुषाल, केशव कुवँर लगायतले बाेल्दै कृषि प्रधान देशमा कृषि क्षेत्रकाे महत्त्वपूर्ण भुमिका रहेकाे वताउदै निजि क्षेत्रकाे लगानीमा निर्माण भएका यस्ता बजार किसानका उत्पादन विक्रि गर्ने उपयुक्त ठाउँ भएकाे वताए ।
विशेष साधारणसभाले बजारलाई ब्यवस्थित रूपमा संचालन गर्न विभिन्न निर्णय गर्दै बजार संचालक समितिमा हेरफेर समेत गरेकाे छ । लुम्बिनी कृषि उपज थाेक बजारकाे ९ सदस्यीय संचालक समितिकाे अध्यक्षमा भिमकान्त पन्थी र संचालक सदस्यहरूमा माेहमद याकुव, कृष्ण पाेखरेल, बाबुराम भुषाल, टंक बस्याल , दामाेदर खनाल, डाेलराज भण्डारी ,जीवलाल पाण्डे, मनिष राईम रहेका छन् ।
यसैगरी सल्लाहकार संयाेजक घनश्याम भुषाल रहेकाे सल्लाहकारहरूमा बिष्णु खनाल, केशव कुवँर , जगदीशचन्द्र आचार्य , ईन्जिनियर ज्ञानप्रसाद अर्याल , कृषि विज्ञ रामबहादुर खत्रि र कानुनी सल्लाहकारमा नारायण पाण्डे रहेका छन् ।
लेखकको सम्वन्धमा