बुटवलमा ग्रेस ईन्टरनेशनलको मोटिभेसनल सेमिनारमा ७ सय सहभागी
बुटवल। ग्रेस ईन्टरनेशनल बुटवलले मोटिभेसनल सेमिनार बुटवलमा भव्य रुपमा सम्पन्न गरिएको छ ।
बुटवलको सिद्धार्थ कटेजमा आयोजना गरिएको सेमिनारमा ७ सय भन्दा बढि विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
ग्रेस ईन्टरनेशनलका माकेटिङ्ग म्यानेजर एन्ड्रयु पौडेलले विद्यार्थीहरुलाई विदेशै जानुपर्छ भन्दा पनि आफ्नो करिअर को निर्धारण के कसरी गर्न सकिन्छ भन्ने योजना अनुसार विर्तामोड देखि बुटवल सम्म सेमिनार आयोजना गरिएको जानकारी दिए ।
उनका अनुसार अव काठमाण्डौमा मुल कार्यक्रम गरी अभियानको समापन गरिने छ । सन् २००६ बाट सुरु वात भएको ग्रेस ईन्टरनेशनको नेपालमा १२ वटा शाखा रहेका छन् । अष्ट्रोलिया, क्यानेडा, न्युजील्याण्ड, युके, युएसमा विद्यार्थी पठाउदै आएको छ । ग्रेसको अष्ट्रेलियामा ७ वटा शाखा रहेका छन् ।
ग्रेस बुटवलका निर्देशक ईश्वर भट्टराईले सेमिनार कार्यक्रममा बैंकर अनिल केशरी शाह, एन्ड्र पौडेल, सौरभ लोहनी ,राधाकृष्ण धिताल, विकास गुरुङ, दिलिपकुमार राजवंशी र कैलाश कार्कीले आ आफ्नो प्रस्तुती दिएको जानकारी दिए ।
बिगत लामो समय देखी बिदेश अध्ययनमा जान चाहने बिद्यार्थिहरुलाई सहजिकरण गर्दै आएको संस्थाले यसलाई बिद्यार्थीहरुको करिअर र शैक्षिक स्तर सुधार्न सहयोग गर्नेगरी शैक्षिक यात्राको आयोजना गरेको उनले जानकारी दिए ।
ग्रेस ईन्टरनेशनलले बिदेश अध्ययनमा जान चाहने बिद्यार्थिहरुलाई बिगत लामो समय देखी सहजिकरण गर्दै आएको छ ।
लेखकको सम्वन्धमा