दाङमा लुम्बिनीका पत्रकारकाई एन्टिमाइक्रोबियल प्रतिरोधी मिडिया प्रशिक्षण
दाङ । एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर)को मिडियालाई संवेदनशीलता कार्यशाला प्याकेज सम्बन्धित लुम्बिनी प्रदेशका पत्रकारहरुलाई सचेतना कार्यक्रम गरिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्य मन्त्रालयको आयोजना तथा यूएसएआइडिको सहयोगमा लुम्बिनी प्रदेशका ४५ जना पत्रकारहरूसँग एन्टिवायोटिक औषधिको प्रयोगबाट हुने प्रभावका विषयमा सचेतता कार्यक्रम गरिएको हो।
कार्यक्रममा बोल्दै विज्ञहरूले एन्टिवायोटिक औषधिको जथाभाबी सेवनका कारणले अहिले अनेकन स्वास्थ्य समस्या उत्पन्न भएको बताएका थिए।
कार्यक्रममा बोल्ने लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. जनार्दन पन्थीले सामान्य स्वास्थ्य समस्यामा पनि एन्टिवायोटिक औषधि सेवन गर्ने प्रवृत्ति परित्याग गर्नका लागि आम जनतामा सुझाव दिँदै यसको बढ्दो प्रयोगलाई निरुत्साहित गर्नका लागि भेटेरिनरी क्षेत्र सँग सहकार्य गरेर अगाडी बढ्न आवश्यक भएको बताए।
यूएसएआईडिका विज्ञ डा. सन्तोष दुलालले एन्टिमाइक्रोबियल प्रतिरोधको उपलब्ध प्रमाण, मानव र जनावर दुवैको स्वास्थ्यमा यसको प्रभाव र केहि नगर्नुको बारेमा बताएका थिए। उनले एन्टिमाइक्रोबियल प्रतिरोधको चुनौतीमा चेतनाको कमी प्रमुख योगदानकर्ता रहेको जसले एन्टिमाइक्रोबियल प्रतिरोधको वृद्धिमा योगदान पुर्याइरहेको बताउदै मानव – जनावर दुवै क्षेत्रमा एन्टिमाइक्रोबियलहरूको अन्धाधुन्ध प्रयोग हुदा समस्या रहेको बताए।
एन्टिवायोटिक औषधिलाई जथाभाबी सेवन गरेका कारणले नेपाल सहित विश्वमा नै मृत्यु दरमा वृद्धि भएको बताउदै डा दुलालले चिकित्सकको सल्लाह विना एन्टिवायोटिक औषधिका सेवन गर्दा विश्वमा वर्षेनी रुपमा हजार भन्दा बढीको मृत्यु भइरहेको बताउदै विश्वका लागि साझा स्वास्थ्य समस्याको रुपमा एन्टिवायोटिक औषधिको प्रयोगका कारणले अनेकन स्वास्थ्य समस्या उत्पन्न हुने गरेको बताए।
यूएसएआईडिका चिकित्सक डा. विवेका श्रेष्ठले खाद्य र कृषिमा एन्टिबायोटिक प्रयोग खतरा युक्त बनेको बताउदै यसले खाना उपभोग गर्ने मानिसहरूलाई असर गर्ने बताईन। एन्टिबायोटिकको ७० प्रतिशत प्रयोग पशु क्षेत्रमा हुने गरेको बताउदै उनले डा.श्रेष्ठले एन्टिमाइक्रोबियल प्रतिरोधको बारेमा गलत रिपोर्टिङलाई रोक्न सञ्चारमाध्यम र वैज्ञानिकहरू बीच सूचना पुल निर्माण गर्न आग्रह गरिन।
कार्यक्रममा बोल्दै अर्जुन अधिकारीले पत्रकारहरुले खोज पत्रकारिताको मद्दतबाट सुधारको लागि समाचार लेख्नुपर्ने बताए। स्वास्थ्य पत्रकार समेत रहेका अधिकारीले प्रमाण जुटाएर लेखेका समाचारले समाज परिवर्तन गर्ने भएकोले एन्टिबायोटिकको प्रयोग घटाउने खालका समाचार सम्प्रेषण गर्न आग्रह गरे। उनले संभावित समाचारका विषयको बारेमा समेत जानकारी गराएका थिए।
कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका अनलाइन सञ्चारमाध्यम,रेडियो, प्रिन्ट र टेलिभिजनका पत्रकारहरुलाई सचेतना प्रदान गरिएको थियो।
लेखकको सम्वन्धमा