‘दर्शकको प्रतिक्रियाले खुसी छु, दोस्रो भाग बन्छ’

‘दर्शकको प्रतिक्रियाले खुसी छु, दोस्रो भाग बन्छ’
0 0
Read Time:5 Minute, 2 Second

तेज प्रसाद दाहाल हालै सार्वजनिक चलचित्र ‘वेलकमट टु हेम्जाकोट’का निर्माता हुन् । यो चलचित्रको अझै पनि केहि हलमा चलिरहेको छ । व्यवसायिक हिसावले यसले निर्मातालाई फाइदा गर्ला अथवा नगर्ला केहि दिनमा हिसाब-किताब आइपुग्ला । तर, यस चलचित्रका निर्माता दाहाल भन्छन्, -‘आम मानिसको सोचमा चलचित्र सफल हुनुको अर्थ व्यापार होला । तर, मेरा लागि दर्शकको सकारात्मक प्रतिक्रियालाई पनि सफलताको मापनसँग तुलना गर्नुपर्छ भन्ने लाग्छ ।’ उनै निर्माता दाहालसँग चलचित्र प्रदर्शनपश्चात गरिएको छोटो कुराकानी ।

Advertisement

चलचित्र खासै चलेन, कहाँनेर चुक्नुभयो ?
चलचित्र चल्नुको सत्य भनेको यसको व्यापार हो, त्यसमा कुनै दुई मत छैन । तर, दर्शकको प्रतिक्रियाबाट चलचित्र निर्माण गरेर म सफल भएको फिल गरेको छु । चलचित्र हेरेर फर्किने हरेक दर्शकले उत्कृष्ट प्रतिक्रिया दिनुभएको छ । तर, हलमै दर्शक नजानुको पछाडी केहि कारणहरु छन् । नयाँ मेकर्स भएर पनि होला धेरै कुराको रियलाइज्ड भएको छ । दोस्रो प्रोजेक्टमा यो इन्टरर्नल गल्ती हुनेछैन । खासमा अहिले हलमा कुनैपनि चलचित्र हेर्न दर्शक नआएको कारण आर्थिक मन्दी मुख्य कारण हो भन्ने मेरो निष्कर्ष हो ।

केहि दिन अघि प्रिमियरको दिन र त्यसपछि हल भिजिटमा जाने क्रममा तपाईँले हेम्जाकोट-२ घोषणा गर्नुभएको थियो । हचुवाको भरमा बोल्नुभएको हो कि त्यसको तयारी भइसकेको छ ?
हेर्नुस्, म चलचित्र उद्योगमा व्यापार गर्न आएको हुँ । व्यापारको शिलशिलामा सुरुमै फाइदा हुन्छ भन्ने सोच राख्दिनँ, कसैले राख्न पनि हुन्न । मैले हेम्जाकोटको पहिलो श्रृंखला निर्माणको बेलैमा पनि मेरो टिममा कुरा गरिसकेको थिएँ, यो पहिलो भागले मात्रै चलचित्र पुणर् छैन, दोस्रो बनाउनैपर्छ । हामीले यसको स्टोरीमा प्लान गरिसकेका छौं, दोस्रो भाग बन्छ ।

हिजो मात्रै केहि मिडियामा पोखरा हेम्जाकोटकै दर्शकले साथ दिएनन् भन्दै गुनासो गरेका कुरा पनि आएका थिए, खासमा के भन्न खोज्नुभएको हो ?

हामीले पोखरा हेम्जाकोटको पर्यटकिय स्थल, त्यहाँको नाम सापट लिएर चलचित्र बनायौं । चलचित्रमार्फत पर्यटनमा पनि टेवा पुगोस् भन्ने चाहना अनुसार यो प्रोजेक्ट निर्माण गरेका थियौं । स्वभाविकै त्यहाँका दर्शकको साथ मिल्नेमा अपेक्षा थियो । तर, त्यसो भएन । तपाईँ आफै यो चलचित्र प्रदर्शनपछि अन्य शहर र गाउँका दर्शकको तुलनामा पोखरा हेम्जाकोटका दर्शकले अलिकति बढि साथ दिनुपर्ने थियो होइन र ?
निरन्तर चलचित्र बनाउनुहुन्छ अथवा केहि चलचित्र निर्माणपछि अन्तै लाग्नुहुन्छ ?

त्यो अहिल्यै कसरी भनुँ ? तर, म अन्य व्यापार व्यवसायमार्फत यो लाइनमा आएको हुँ । चलचित्र त निरन्तर बन्छ । तर, हतारिएर जस्तापायो त्यस्तै चलचित्र निर्माण गर्ने मेरो मुड छैन ।

अन्त्यमा के भन्नुहुन्छ ?
चलचित्र निर्माण त भइरहेका छन् । तर, चलचित्र उद्योगसँग नजिक रहेका सम्बन्धित निकाय यो उद्योगको स्तरोन्नती, बिकाश, बिस्तारमा चासो नराखेको फिल भएको छ । न राज्यबाट उद्योग बचाउने कुनै कार्यक्रम छ, न यससँग सम्बन्धित निकायहरु प्रोड्युसर बचाउने योजना छ । सधै निर्माताले जोखिम मोलेर फिल्म उद्योग जिवित रहन्छ भन्ने मलाई लाग्दैन । प्रोड्युसरको लगानी सुरक्षित हुने बाताबरण नबन्दासम्म यो उद्योग, उद्योगजस्तो हुँदैन । तर, यस्तो जोखिमपुणर् परिस्थिती र समयमा पनि निरन्तर चलचित्र बनाउने नेपाली चलचित्रकर्मीप्रति साच्चीकै सम्मान छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %