मुख्यमन्त्री चौधरीद्धारा बेत्रावति पुलको उद्घाटन

मुख्यमन्त्री चौधरीद्धारा बेत्रावति पुलको उद्घाटन
0 0
Read Time:2 Minute, 46 Second

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ घुसेरी स्थित बेत्रावति (रानीघाट खोला) पुलको उद्घाटन गरिएको छ । उक्त पुलको सोमवार एक कार्यक्रमका बिच लुुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले रिवन काटेर उद्घाटन गरेका हुन । त्यस अवसरमा बोल्दै चौधरीले वर्षेनी बाढीले सताउने खोलामा पक्की पुल बनेपछि आउजाउ गर्न सहज हुने विस्वास व्यक्त गरे ।

Advertisement

त्यस्तै उनले जग्गा विवादका कारण गतवर्ष टेण्डर रोकिएको कालाखोला देखि घुसेरी हुदैं गणेशपुर पार्कसम्म जाने बाटो निमार्णका लागि यसवर्ष काम सुरु गर्ने तयारी गरेको बताए । यो बाटो नबने गणेशपुर पार्क जाने बाटोले निकास नपाउने बताउँदैं उनले सबैभन्दा पहिले यहाँका स्थानीयवासीहरु मिलेर जग्गाको विवादलाई मिलाउन आग्रह गरे ।

सडक पुर्वाधार विकास कार्यालय घोराहीका प्रमुख मनिस कुमार अर्यालका अध्यक्षतामा भएको कार्यक्रममा कार्यालयका इन्जिनियर प्रसान्त कुमार ईसरले लम्बिनी प्रदेश सरकारको १ करोड १८ लाख ६९ हजार ५ सय ३२ रुपैया ७३ पैसामा बेत्रावति पुल निमार्णको काम सम्पन्न गरिएको जानकारी दिए ।

उनका अनुसार यो पुलको लम्बाई १५ मिटर छ । पुल निमार्णको जिम्मा लिएको शारदा श्री निमार्ण सेवा प्रा.लिले सम्झौता मिति भन्दा करिब ५ महिना पहिले नै निमार्णको काम सम्पन्न गरेको इन्जिनियर ईसरले बताए ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष रामबहादुर जिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्थानीय समाजसेवी बलबहादुर खत्रीले गरेका थिए । वषौदेखि पुलको अभावमा वर्षायाममा बाढीको चपेटामा पर्दै आएका बेत्रावतिवासी पुल निमार्ण भएपछि आउजाउ गर्न सहज भएको भन्दै खुसी व्यक्त गरेका छन ।

त्यस अवसरमा जग्गादाता सरला वलि,भेषराज भुसाल र डिल्लीराज रजौरेलाई सम्मान समेत गरिएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %