चर्चामा

साढे २ अर्बको लगानीमा सिद्धार्थ ग्रुपले भैरहवामा सञ्चालनमा ल्यायो पाचतारे होटल ‘सिद्धार्थ विलासा’

साढे २ अर्बको लगानीमा सिद्धार्थ ग्रुपले भैरहवामा सञ्चालनमा ल्यायो पाचतारे होटल ‘सिद्धार्थ विलासा’
0 0
Read Time:2 Minute, 57 Second

बुटवल । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले आजदेखि आफ्नो पहिलो पाँचतारे लक्जरी होटल संचालनमा ल्याएको छ । समुहको लक्जरीयस ब्राण्डअन्तर्गत भैरहवामा पहिलो होटल ‘सिद्धार्थ विलासा’ आजदेखि संचालनमा आएको हो।विलासाले पत्रकार सम्मेलनको आयोजना गरी आन्तरिक पर्यटक केन्द्रित सिद्धार्थ विलासा सञ्चालनमा ल्याएको बताएको छ ।

Advertisement

होटलका अध्यक्ष चिन्तामणी न्यौपानेले कटेज रेष्टुरेन्ट, तीन तारे र चारतारे स्तरको होटल संचालन गर्दैआएकोमा आज देखि पाँचतारे लक्जरी होटल संचालनमा ल्याएको बताए ।साढे दुई अर्ब रुपैयाँ लागतमा ४ बिघा क्षेत्रफलमा निर्माण भएको होटलमा ८५ कोठा छन् ।

होटलका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले क्यासिनोसहित सेवा सुरु भएसँगै होटलले आउँदो असोजमा ग्राण्डओपनिङ गर्ने बताए ।
‘जुनसुकै स्तरको होटल भएपनि हाम्रो पहिलो प्राथमिकता भनेको आन्तरिक पर्यटक नै हो। यो लक्जरीयस प्रोपर्टी पनिहामीले सुरुमा नेपाली पर्यटक लक्षित नै तयार पारेका छौँ।’ सिइओ न्यौपानेले भने,’यो हाम्रो पहिलो लक्जरीयस ब्राण्डअन्तर्गतको होटल हो । निकट भविष्यमा थप क्षमता विस्तार गर्दै लानेछौँ।’


क्यासिनोकै लागि मात्र सिद्धार्थ समूहले १७ हजार वर्गफिट क्षेत्रफल प्रयोग गरिएको उनले बताए। उनका अनुसार क्यासिनो संचालनका लागि यतिखेर विभीन्न कम्पनीसँग छलफल भइरहेको छ।

सुइट, प्रेसिडेन्ट रुम समावेश गरिएको होटलमा दुई हजार क्षमताको बलरुम तयार, १८ हजार वर्गफिटको बैंक्विट हल, अन्तर्राष्ट्रियस्तरको कन्फ्रेन्स हल, स्विमीङ पुल, फिटनेस क्लब लगायत विभीन्न सुविधा राखिएको उनले जानकारी दिए।

कोभिड सुरु हुनु अगाडि निर्माण सुरु गरिएको यो होटल आउँदो वैशाखबाटै संचालनमा ल्याउने तयारी रहेको उनले जानकारी दिए।
पछिल्लो समय कम्पनीले आफ्नो सेवा अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने उद्देश्यले आफूअन्तर्गत लक्जरी, मिडियम ररेगुलर गरी तीनवटा ब्राण्ड स्थापना गरिसकेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %