चर्चामा

उपभोक्ता हित संरक्षण महासंको लुम्बिनी प्रदेश अध्यक्षमा विश्वराज, कोषाध्यक्षमा भगवती

उपभोक्ता हित संरक्षण महासंको लुम्बिनी प्रदेश अध्यक्षमा विश्वराज, कोषाध्यक्षमा भगवती
1 0
Read Time:1 Minute, 12 Second

बुटवल । उपभोक्ता हित संरक्षण महासंको लुम्बिनी प्रदेशको तदर्थ कार्यसमिति चयन गरिएको छ । बुटवलमा सोमबार गरिएको भेलाले विश्वराज रेग्मीको अध्यक्षतामा ९ सदस्यीय तर्दथ समिति चयन गरिएको हो ।
उपभोक्ताहरुको हित संरक्षण गर्नको लागि संघियताको अभ्यास स्वरुप प्रदेश तदर्थ समिति गठन गरिएको महासंघ लुम्बिनी प्रदेश अध्यक्ष रेग्मीले जानकारी दिए ।
समितिको उपाध्यक्षमा कमला बेल्बासे, महासचिवमा शुभाकान्त भुसाल, सचिवमा दिपेन्द्र क्षेत्री ज्ञवाली, कोषाध्यक्षमा भगवती पाण्डे चयन भएका छन् । यस्तै सदस्यहरुमा भवानी खरेल, ध्रुवराज घिमिरे, शुशिला बिक र कमल रेग्मी रहेका छन् ।
तदर्थ समितिले १ महिना भित्र महाधिवेशन गर्ने र कार्यालय स्थापना गर्ने कोषाध्यक्ष पाण्डेले जानकारी दिईन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement