चर्चामा

शुद्धोजन जेसिजद्वारा शुद्धोधनमा संसदीय बैठक प्रणाली तालीम सम्पन्न

शुद्धोजन जेसिजद्वारा शुद्धोधनमा संसदीय बैठक प्रणाली तालीम सम्पन्न
0 0
Read Time:1 Minute, 47 Second

बुटवल । शुद्धोधन जेसिजको आयोजनामा संसदीय बैठक प्रणाली सम्पन्न भएको छ । शुद्धोधन जेसिजले जेठ २४ गते देखि ३१गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरि मनाईरहेको जेसिज सप्ताहको पाँचौ कार्यक्रमको रुपमा शुद्धोधन गाउँपालीकाका जनप्रतिनिधि , प्रशाशकिय अधिकृत र वार्ड सचिवहरुलाई संसदीय बैठक प्रणाली सम्पन्न गरेको हो ।

शुद्धोधन गाउँपालीकाका विभिन्न वार्डका बार्ड अध्यक्षहरु , बार्ड सदस्यहरु , बार्ड सचिवहरु, कार्यपालिका सदस्यहरु, गाउँपालीकाका प्रमुख प्रशाशकिय अधिकृत , गाउँपालीका उपाध्यक्ष , गाउँपालीका सदस्य , शुद्धोधन जेसिजका सदस्यहरु सहभागी रहेको कार्यक्रमको सहजीकरण जेसिआई सिनेटर रविन पोख्रेलले गर्नुभएको थियो ।

शुद्धोधन जेसिज बर्ष २०२२ अध्यक्ष जेसी मुकेश कुँवरको अध्यक्षता , नेपाल जेसिज एरिया डी तालिम संयोजक जेसी बिरसीँह महर ,शुद्धोधन जेसिजका संस्थापक अध्यक्ष जेसिआई सिनेटर रमेश खनाल, पुर्व अध्यक्ष जेसी चुडामणी डुम्रे , निवर्तमान अध्यक्ष जेसी रामजी पौड्याल , जेसिज सप्ताह संयोजक रमेश गौतमको आतिथ्यतामा सम्पन्न कार्यक्रम जेसि विजय पराजुलीको संयोजनमा सम्पन्न भएको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement