चर्चामा

‘पत्रकारितामा महिलाहरुको आकर्षण बढ्दै,क्षमता वृद्धि गर्न आवश्यक’

‘पत्रकारितामा महिलाहरुको आकर्षण बढ्दै,क्षमता वृद्धि गर्न आवश्यक’
0 0
Read Time:5 Minute, 19 Second

सुजिता श्रेष्ठ – बुटवल। पछिल्लो समय पत्रकारिता तर्फ महिलाहरुको आकर्षक बढ्न थालेको छ।प्रदेशका विभिन्न जिल्लामा सन्चालनमा आएका सन्चारगृह (रेडियो,एफएम, पत्रिका, अनलाईन पोर्टल र र टेलिभिजन) को सङ्ख्या बढ्दै जादा जादा पनि महिला पत्रकारको सङ्ख्यामा वृद्धि भएको हो।
यद्यपि कोरोना महामारीमा भने महिला पत्रकार तथा सञ्चारकर्मीहरु रोजगार बिहिन भएका थिए। पत्रकारिता पेशा निकै चुनौतिपूर्ण भएकाले महिला पत्रकारहरूको भौतिक, आर्थिक र सामाजिक असुरक्षाको‌ समेत सामना गर्नुपर्ने बाध्यता छ।
आर्थिक, भौतिक र सामाजिक असुरक्षाका बाबजुद पनि महिला पत्रकारहरु पत्रकारिता प्रति आकर्षित भईरहेका छन्। उनीहरुले चुनौतीका चुनौतीका बाबजुद पनि पत्रकारितालाई पेशा बनाउन थालेका छन्। महिला पत्रकारहरूले विभिन्न चुनौतीका सामना गर्दा भोग्नुपरेको अर्को चुनौती हो – दक्षता ।
महिला पत्रकारहरूमा क्षमता र दक्षता हुँदाहुँदै पनि पुरुष पत्रकारका तुलनामा विभेद गरि पछि पारिएको महिला पत्रकार ईन्दिरा अर्यालले बताउछिन।‌
पत्रकार महिलालाई र सामाजिक विषयवस्तु उठान गरि समचार लेख्न दक्ष बनाउने उद्देश्यले बिभिन्न तालिमको आयोजना गरि गृहकार्य भइरहेको संचारिका समूह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलको भनाई छ।
लुम्बिनी प्रदेशका पत्रकार महासंघबाट सदस्यता नलिएका महिला पत्रकारको यकिन तथ्याङ्क भने छैन।नेपाल पत्रकार महासंघका लुम्विनी प्रदेशका महासचिव बिक्रम खड्काका अनुसार लुम्बिनी प्रदेशमा १७ सय पत्रकारहरु नेपाल पत्रकार महासंघमा आवद्ध छन्। जसमध्ये ३५० जनाले पत्रकार महासंघ बाट सदस्यता प्राप्त गरेका छन् । पछिल्लो समय महिला पत्रकारहरुले सङ्ख्यामा वृद्धि भएपनि महिला पत्रकारहरूको उल्लेखनीय सदस्यता संख्या बढाउन नसकिएको उनको भनाइ छ।
सञ्चारिका समूहमा महासंघबाट सदस्यता लिएका र नलिएका गरि ४६५ महिला पत्रकार आबद्ध छन्। प्रदेश सरकारका गतिविधिमा विषय उठान गरि समाचार लेख्न दक्ष क्षमतावान बनाउनमहिला पत्रकारहरूलाई संचारिका समूहसँग समन्वयन गरि सँधै भरि महिला पत्रकारहरूको हकहितमा प्रदेश सरकार लागि पर्ने आन्तरिक मामिला तथा संचार मन्त्रालयका सचिव कोमल प्रसाद धमला बताउछन।
सन्चार गौरव गर्ने क्षेत्र भएको बताउदै सन्चारकर्मी तथा पत्रकार प्रतिको नकरात्मक सोचलाई परिवर्तन गरेर समाजलाई सहि दिशामा डोर्याउन आन्तरिक मामिला तथा संचारमन्त्री तिलकराम शर्माले आग्रह गरे।
उनले पत्रकारिता पेशामा रहेका चुनौतीका सामना गर्दै अघि बढेका महिला पत्रकारप्रति सम्मान गर्दै उत्साहपूर्ण महिला सहभागिताले खुसी भएको र‌ निरन्तर अघि बढ्न प्रदेश सरकार तपाईहरुकै साथमा रहेको बताउछन।
संचार क्षेत्र समाजको चौथो अङ्ग भएकाले गरिब, निमुखा,भरिया,दबिएका समुदायका आवाज र लुकेका कुराहरू लाई उजागर गरि सकारात्मक सुचना फैलाउन महिला पत्रकारहरूलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आग्रह गर्छन।
उनले महिला पत्रकार हरुलाई दक्ष बनाउन विभिन्न तालिम दिने, बिमा सेवा सुविधा दिने र नवप्रतिभाहरुलाई उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले मन्त्रालयले विभिन्न कार्यक्रम र निति बनाएर लागि परिरहेने बताए।
उनले महिला पत्रकारहरूलाई दक्ष, दत्तचित्तले आफ्नो काममा उत्साहपूर्ण तरिकाले लाग्न आग्रह गर्दै सधै प्रदेश सरकार महिला पत्रकारहरुको साथमा रहेको बताए।
उनले चुनौतीको सामना गर्दै पत्रकारितालाई थम जिम्मेवारी र मर्यादित पेसा बनाउन र‌ उच्च अहोदामा पुर्याउन अघि‌बढ्ने महिला पत्रकारप्रति सम्मानपूर्वक कदर गर्दै महिला पत्रकारको उत्साहजनक सहभागिताले खुसी लागेको बताए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %

Advertisement