गर्मीले कपिलवस्तुमा एक जनाको मृत्यु
- अर्चना न्यौपाने
- जेष्ठ १९, २०८१
- 900 Shares
कपिलवस्तु । ‘अत्यधिक गर्मी’ का कारण कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर-१ कपासी टोलमा एक जनाका मृत्यु भएको छ।
आफ्नो छोरीलाई ईमिलियाबाट भेटेर फर्किनेक्रममा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर-९ अर्घाका ५२ वर्षीय थानेश्वर परियारको मृत्यु भएको हो।
गत जेठ १५ गते परियार आफ्नो घरबाट छोरीलाई भेट्न भनी घरबाट निस्किएका थिए। जेठ १७ गते बिहीबार साँझ साढे ६ बजे तिर उनी कपसीको कडेल टोलमा मृत अवस्थामा फेला परेका हुन्। गर्मीमा डिहाईड्रेसनको कारणले ज्यान गएको हुनसक्ने वडाध्यक्ष तिलक बस्नेतले बताए । उनले परियारको मृत्यु गर्मीकै कारण भएको प्रारम्भिक रुपमा देखिएको जानकारी दिए।
शुक्रबार मात्र उनको पहिचान खुलेको थियो।इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक बील बहादुर सुनारले स्थानवासीले दिएको विवरण अनुसार परियारको मृत्यु गर्मीकै कारण रहेको प्रारम्भिक रुपमा देखिएको बताए।
मृतकको शवको कपिलवस्तु अस्पतालमा पोस्टमार्टम पछि आउने प्रतिवेदनले मृत्युको सही कारण खुल्ने उनले बताए। मृतकको शरीरको कुनै भागमा चोट छैन। मृतककी छोरी सम्झनाले आफूसँग भेटेर घर फर्किदा बुवाकाे अवस्था राम्रै रहेको बताइन।
प्रतिकृया दिनुहोस्
- दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु
- बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा पस्यो लेदोसहितको भल
- आज बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै
- बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान
- ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
- आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा, बिदा नहुने, झण्डा आधा झुकाइने
- देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस
- ९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
- बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
- बाढी पहिरोको विपद बारे छलफल गर्न आज दिउँसो सर्वदलीय बैठक बस्दै
-
आर्थिक समृद्धिमा शिक्षाको महत्व
अशोज १२, २०८१ -
९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
अशोज १३, २०८१ -
तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह
अशोज १२, २०८१ -
बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता
अशोज १२, २०८१ -
ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
अशोज १६, २०८१ -
बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
अशोज १३, २०८१ -
नारायणगढ–मुग्लिन सडक भासियो
अशोज १२, २०८१
लेखकको सम्वन्धमा