बुटवलमा रोजगार मेला ; रोजगारी दिने र समन्वय गर्ने सबै आयोजक हुँदा रोजगारी पाउने विश्वास ,७ सयलाई रोजगारी दिने लक्ष्य

बुटवलमा रोजगार मेला ;  रोजगारी दिने र समन्वय गर्ने सबै आयोजक हुँदा रोजगारी पाउने विश्वास ,७ सयलाई रोजगारी दिने लक्ष्य
0 0
Read Time:9 Minute, 11 Second

बुटवल ।जनप्रतिनिधिहरुले युवाहरुको मन जित्नको लागि विभिन्न गतिविधिगरि रहन्छन। युवाको मन जित्ने एउटा बाटो बेरोजगार युवालाई रोजगारमा जोड्ने हो। यसको लागि रुपन्देहीका विभिन्न पालिकाले रोजगार मेला सञ्चालन गरे। बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, बुटवल उद्योग बाणिज्य संघ र उद्योग संघले फरक फरक समयमा रोजगार मेला सञ्चालन गरे ।

Advertisement

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा यहि २३ र २४ गते बुटवल अन्तरास्ट्रिय सम्मेलन केन्द्र(बिआईसिसि)मा श्रमाधान रोजगार मेला सञ्चालन हुँदै छ।
स्थानीय तहले गरेका रोजगार मेलामा उद्योगी ब्यवसायीले ध्यान नदिने र उद्योगी ब्यवसायीले गरेका रोजगार मेलामा स्थानीय तहले विश्वास नगर्दा मेलाकै लागि मेला भए । कारण हो कि यो मेलाबाट रोजगारी पाउनेको संख्या अत्यन्तै न्यून छ।

अहिले मेला आयोजना गर्ने स्थानीय तह, मन्त्रालय र उद्योगी ब्यवसायीका संगठन भएकोले यो पटक रोजगार नपाएको गुनासो सुन्न नपर्नेमा आफू विश्वस्त रहेको प्रतिक्रिया आईरहेको छ।

मेलाको तयारी पूरा
दुई दिनसम्म बुटवलमा चल्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ।
बुटवल उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलमा रहेका बेरोजगारहरु एवं प्रदेशका अन्य क्षेत्रबाट समेत आएकाहरुलाई फाईदा पुग्नेगरि रोजगार मेला सञ्चालन हुन लागेको जानकारी दिए।
उनले बुटवल उपमहानगरपालिकाले बेरोजगारहरुको तथ्यांक संकलन गर्दा आबेदन दिनेको संख्या १२ सय रहेको उल्लेख गर्दै यो मेलाबाट ७ सय जनालाई रोजगारीमा जोड्न सकिने अपेक्षा लिइएको जानकारी दिए।
उनले भने,’बुटवलमा बेरोजगारको संख्या पत्ता लगाउन र आवश्यक काम गर्नको लागि तथ्यांक संकलन गरेका थियौ, त्यसमा १२ सय जनाले निवेदन दिनुभएको थियो। यो मेला बुटवलमा हुनु पनि बुटवलबासिलाई बेरोजगार हुन नदिनको लागि हो।’
नगरप्रमुख पाण्डेयले मेलाले रोजगार खोज्नेहरु, रोजगारदाताहरु र विभिन्न क्षेत्रका सरोकारवालाहरुलाई एकै ठाउँमा ल्याएर, कार्यक्रमले नेटवर्किङ र रोजगारीको लागि अनुकूल वातावरण सिर्जना गर्ने बताउदै यसले रोजगारी सृजना, युवा सशक्तिकरण र दिगो आर्थिक वृद्धिका लागि सार्वजनिक निजी साझेदारीलाई बढावा दिन राष्ट्रिय प्राथमिकताहरु संग संयोजन गर्ने बताए।
उनले मेलामा सीप विकास कार्यशालाहरु, नेटवर्किङ्ग सवहरु, स्टलहरु र रोजगारीका अवसरकावारेमा प्यानल छलफलहरु जस्ता कार्यक्रम संचालन हुने जानकारी दिए ।
मेलामा करिब ४० बटा स्टलहरु राखिनेछ जसमा बायोडाटा निर्माण सिकाई सम्बन्धि, उद्योग व्यवसाय तथा रोजगारदातासँग सम्बन्धित स्टलहरु, वैदेशिक रोजगार कल सेन्टर लगायतका सरकारी तथा निजी क्षेत्रका स्टलहरु मेलामा रहने उनले दाबी गरे। मेला १० हजार बढिले अवलोकन गर्ने उनले दाबी गरे।

के हुन्छ मेलामा?
आन्तरिक रोजगारी प्रवर्द्धन र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने, बम र रोजगारको क्षेत्रमा रहेका बहुआयमिक समस्याहरुलाई एकद्वार प्रणालीबाट सम्बोधन गर्दै रोजगारीको लागि अनुकुल बातावरण सृजना गर्नु अहिलेको आवश्यकता महसुस गर्दै सरकारले ७ वटै प्रदेशमा श्रमाधान रोजगार मेला २०८१ संचालन गरिरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका कृष्ण खनालले जानकारी दिए।
उनले मेलामा आउने बेरोजगारहरुलाई कर्मचारी खोजिमा रहेका विभिन्न संघसंस्था एवं प्रतिष्ठानहरुमा भेट गराउने पुलको काम गर्नुका साथै आगामी दिनमा जनशक्ति आवश्यक पर्दा त्यही आवेदन दिने मध्य बाट छनोट गर्न सकिने ब्यवस्था मिलाईएको बताए।
उनले बिदेश जादा सिक्नुपर्ने सिप, बिदेशबाट फर्केका रिटर्नीहरुलाई रोजगारीमा जोड्ने गरि विभिन्न प्रतिष्ठानहरु संग टाईअप गरिएको जानकारी दिए।
मेलाको सह-आयोजक रुपन्देहि उद्योग संघको सहयोग समेत रहेको छ । त्यस्तै अन्य सह-आयोजकहरुमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका सरोकारवाला संस्थाहरु रहेका छन् ।

यो पटक सफल हुने सरोकारवालाको दाबी

बुटवल उपमहानगरपालिकाका रोजगार शाखा प्रमुख अरबिन्द पाण्डेले बुटवल उपमहानगरपालिकाले पहिले अघिल्लो जनप्रतिनिधिको पालामा श्रमबैंक स्थापना गर्नुका साथै रोजगार पोर्टल बनाएर सञ्चालन गरेको र त्यसबाट रोजगारदाता र रोजगारीको खोजिमा रहेकाहरुलाई भेट गराउने पुलको रुपमा काम गरेको बताए।
उनले मेलामा केही कम्पनीले निवेदन दिएका मध्य बाट केहिलाई छनोट गरेको बताउदै अन्तिम समयमा छनोट भए नभएको बारेमा कम्पनी र छनोट भएको ब्यक्तिले समन्वय नगर्दा तथ्यांक नभएको उल्लेख गरे।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य उज्ज्वल कसजुले ब्यापार मेलामा उद्योगी र उपभोक्तालाई आमने सामने ल्याउने जस्तै रोजगार मेला उद्योग र जनशक्तिलाई आमनेसामने ल्याउने माध्यम भएको वताए। यो पटकको बुटवलको रोजगार मेलाबाट रोजगारी सिर्जना राम्रो हुने विश्वास ब्यक्त गरे। उनले बुटवल उद्योग बाणिज्य संघले गरेको रोजगार मेलामा १ हजारले भ्रमण गरेको र ३५० जनाले निवेदन दिएको र त्यसमध्येबाट २५ जनाले रोजगारी प्राप्ति गरेको उल्लेख गरे ।
उनले उद्योग ब्यवसायमा जनशक्ति अभाव हुँदा बाहिरबाट ल्याउनुपर्ने अवस्थामा स्वदेशी मजदुर र कामदार हुँदा उद्योग ब्यवसाय, रोजगारी पाउने ब्यक्ति र समग्र राष्ट्रलाई नै सकारात्मक सन्देश दिने बताए।
नेपाल उद्योग परिषघ लुम्बिनी प्रदेश अध्यक्ष एवं उद्योगी ब्यवसायी एजाज आलमले उद्योगहरुले खोजेजस्तो ब्यक्तिहरु मेलामा आएमा फलदायी बन्ने बताए। उनले उद्योगीले सामान्य कामदार देखि ब्यवस्थापक सम्म खोजेको हुन सक्ने भन्दै सबैएउटै उमेर समूह र एउटै योग्यताक्रम भएका मात्रै सहभागी हुँदा रोजगारी प्राप्तिमा समस्या हुने उल्लेख गरे। उनले जुनसुकै योग्यता, शैक्षिक स्तर, उमेर समूह एवं लिङ्गी सहभागी भएमा धेरैले रोजगारी पाउने र उद्योग ब्यवसायले समेत कर्मचारी पाउने बताए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %