चर्चामा

लुम्बिनी प्रदेशमा बेरुजु बढ्यो , गतवर्ष भन्दा ३१.४८ प्रतिशतले बढि

लुम्बिनी प्रदेशमा बेरुजु बढ्यो , गतवर्ष भन्दा ३१.४८ प्रतिशतले बढि
0 0
Read Time:3 Minute, 19 Second

बुटवल । लुम्बिनी प्रदेशमा बेरुजू बढेको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ३१.४८ प्रतिशतले बढि रहेको पाईएको छ।

Advertisement

प्रदेश प्रमुख अमिक कुमार शेचरनालाई महालेखा परीक्षकको कार्यालयले बुझाएको प्रदेशभरका सरकारी संघ संस्था तथा स्थानीय तहको लेखा परिक्षण प्रतिवेदन अनुसार लुम्बिनीमा गत आबको भन्दा यो वर्ष बेरुजु रकम बढेको देखिएको हो ।

लुम्बिनी प्रदेशमा प्रदेशको सरकारी कार्यालय र समिति तथा अन्य संस्थाको फस्र्योट गर्नुपर्ने बेरुजु रू.१ अर्व १२ करोड ६३ लाख ४५ हजार रहेको छ । लेखापरीक्षणका क्रममा प्रदेश मन्त्रालय र समिति तथा अन्य संस्थासमेत २८९ निकायको रू. ५७ अर्ब ९१ करोड ५९ लाख २९ को लेखापरीक्षण सम्पन्न गरिएकोमा रू.१ अर्ब १२ करोड ६३ लाख ४६ हजार बेरुजु कायम भएको हो ।

हालसम्मको बाँकी बेरुजुमा प्रदेश सरकारी कार्यालय समिति तथा अन्य संस्थाको लेखापरीक्षणबाट औल्याइएको बाँकी बेरुजू रु.४ अर्व २ करोड ९ लाख ६९ हजार रहेको छ । हालसम्मको बाँकी बेरुजु गत वर्षभन्दा ३१.४८ प्रतिशतले बढेको प्रतिबेदनमा उल्लेख छ । लुम्बिनी प्रदेश प्रमुख शेरचनले प्रतिबेदन बुझ्दै बेरुजु रकम फस्यौंट भएर घट्नु पर्नेमा प्रत्येक वर्ष बढ्दै जानु दःुखद भएको बताए ।

महालेखा परीक्षक कार्यालयका नायव उपमहानिर्देशक घनश्याम पराजुलीले प्रतिबेदनमा प्रदेशका बिभिन्न निकायको विवरण, लेखापरीक्षणबाट देखिएको बेरुजु स्थिति, लेखापरीक्षणबाट देखिएको समष्टिगत स्थिति, लेखापरीक्षण प्रतिवेदनको कार्यान्वयन स्थिति र भविष्यमा गर्नुपर्ने सुधारलाई समावेश गरिएको बताए ।
प्रतिवेदनमा लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहको लेखापरीक्षणबाट देखिएका संक्षिप्त व्यहोरा समेत समावेश गरिएको छ ।

महालेखापरीक्षकको छैटौं वार्षिक प्रतिवेदनमा यो वर्ष प्रदेश मन्त्रालय तथा संघीय कार्यालयलाई अख्तियारी दिइएका कार्यालयहरु समेत को रू. ५० अर्व २ करोड २ लाख ११ हजार र २२ समिति र अन्य संस्थाको रु.७ अर्ब ८ करोड ७७ लाख १८ हजारसमेत रू. ५७ अर्ब ९१ करोड ५९ लाख २९ हजारको लेखापरीक्षण सम्पन्न गरिएको प्रतिबेदनमा उल्लेख छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %