मगर समुदायले मागे मुख्यमन्त्री महरासँग भूमे पर्वमा बिदा

मगर समुदायले मागे मुख्यमन्त्री महरासँग भूमे पर्वमा बिदा
0 0
Read Time:1 Minute, 47 Second

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महरासँग मगर समुदायले भूमे पर्वको अवसरमा सार्वजनिक बिदाको माग गरेको छन् ।

Advertisement

मुख्यमन्त्री महरासँग मगर बाहुल्य क्षेत्र दाङ र प्युठानमा भूमे पर्वको अवसरमा सार्वजनिक बिदा दिनुपर्ने भन्दै आइतबार नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङले माग पत्र बुझाएको हो ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री महराले मगर समुदायको माग प्रति आफू सकारात्मक रहेको र सार्वजनिक बिदाका लागि पहल कदमी लिने आश्वस्त पार्नुभयो ।

संघका उपाध्यक्ष खगेन्द्र पुन मगरको हस्ताक्षर रहेको पत्रमा असार १ देखि ३ गते सम्म भूमे पर्व मनाउनका लागि लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिनुपर्ने माग गरेको छ ।

रोल्पा र रुकुममा विगत वर्ष देखि भूमे पर्वको अवसरमा असार १ गते सार्वजनिक बिदा दिने प्रचलन रहेकाले मगर बाहुल्य क्षेत्र दाङ र प्युठानमा पनि बिदा दिनुपर्ने नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङको माग छ ।

आफ्नै कला , पहिचान, रहनसहन र मौलिक पहिचान बोकेको भूमे पर्वलाई रोल्पा, रुकुम, दाङ र प्यूठान लगायतका जिल्लामा विशेष पर्वको रुपमा मगर समुदायले मनाउने प्रचलन छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %