चर्चामा

शाइन रेसुंगा बैंक–लुम्बिनी केबलकार सम्झौता

शाइन रेसुंगा बैंक–लुम्बिनी केबलकार सम्झौता
0 0
Read Time:1 Minute, 52 Second

बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि. र लुम्बिनी केबलकारबीच व्यवसायिक सहकार्यसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका देशभरका शाखाका कर्मचारीहरुलाई लुम्बिनी केबलकारको टिकट खरिदमा २० प्रतिशत छुट हुने भएको छ ।

Advertisement

सम्झौता पत्रमा लुम्बिनी केबलकारको तर्फबाट अपरेशन म्यानेजर डिएन कायस्थ र शाइन रेसुंगा डेभलपमेन्ट बैंकका तर्फबाट मानव संशाधन विकास तथा ब्राण्डिङ्ग प्रमुख प्रभास राईले हस्ताक्षर गरेका छन् ।

केबलकारको टिकटमा छुट पाउन बैंकका कर्मचारीले बैंकको कर्मचारी परिचयपत्र अनिवार्यरुपमा साथमा राखेर टिकट काउन्टरमा देखाउनुपर्ने गरी सुम्झौता भएको केबलकारका म्यानेजर प्रज्ज्वल घिमिरेले बताए ।

लुम्बिनी प्रदेशमा मात्रै ७२ वटा शाखा रहेको बैंकका देशभर ८८ वटा शाखा र एउटा एक्सटेन्सन काउन्टरमा गरी करिब एक हजार कर्मचारी कार्यरत छन् ।

बैंकले यो वर्ष र दुई वर्ष अघि बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो भने गत वर्ष अन्तर्राष्ट्रियस्तरको एशिया इमर्जिङ बैंकिङ अवार्ड जितेको थियो ।

रुपन्देहीको पर्यटन प्रवद्र्धनमा अहं भूमिका खेल्न सक्ने प्रदेशको पहिलो केबलकार भएकाले लुम्बिनी केबलकारसंग व्यवासायिक सहकार्य गरिएको बैंकले जनाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %