प्रीमो एजुकेसन एण्ड भिसा सर्भिसेजको ब्राण्ड एम्बेसडरमा देब खनाल नियुक्त
बुटवल । प्रीमो एजुकेसन एण्ड भिसा सर्भिसेजले ब्राण्ड एम्बेसडरमा राष्ट्रिय खेलाडी बुटवल ३ का देब खनालाई नियुक्त गरेको छ।
२०८१ जेठ ८ गते प्रीमोले देब खनाललाई ५ वर्ष लामो समयका लागि ब्रान्ड एम्बेसडरको रुपमाअन्डरअन्डर १९ नेपाली राष्ट्रिय कृकेट टिमका पूर्व कप्तान एवं राष्ट्रिय खेलाडी खनाललाई नियुक्त गरिएको पत्रकार सम्मेलन गरि जनाईएको हो।
पत्रकार सम्मेलनमा बुटवल निर्देशक सागर केसिले नेपाली कृकेट खेलमा सानो भएपनि योगदान गरौ भन्ने उदेश्यले ब्राण्ड एम्बेसडरमा खनाललाई नियुक्त गरिएको जानकारी गराए । उनलेउदाउँदो खेलाडीको रुपमा खनाललाई देखेकोले खनाललाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरिएको बताए।
पोखरा निर्देशक रमेश कुमार थापाले खेल खेलेर जीवन धान्न सकिन्छ भन्ने देखाउन सहयोग गरेको बताए। उनले यसबापत एकमुष्ट एवं खेल अनुसार समेत रकम दिदै आएको बताए।
पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय खेलाडी देब खनालले क्यानकै प्रोटोकल भित्र रहेर प्रीमोको ब्रान्ड एम्बेसडर बनेको बताए। उनले देश तथा बिदेशमा प्रचार प्रसार गर्ने तथा ब्यवसायीक हितमा रहेर काम गर्ने बताएका छन।
नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष बिश्वास ढकालले खेलाडिको प्रोत्साहन गर्नुले दीर्घकालीन रुपमा फाईदा पुग्ने बताए।
प्रीमोले युरोपका विभिन्न देशहरु तथा दुबइ र दक्षिण कोरियामा विद्यार्थी पठाउनुका साथसाथै पिटिई र आयल्स कक्षा अध्यापन हुने गरेको छ। प्रीमोको प्रधान कार्यालय अष्ट्रेलियाको सिडिनीमा रहेको छ भने शाखा कार्यालय बुटवल, पोखरा र काठमाडौमा रहेका छन।
प्रीमो एजुकेसनकोको ल्याङेवेज पार्टनरको रुपमा ल्याङेवेज एकेडेमी रहेको छ।ल्याङेवेज एकेडेमीले प्रीमोको शाखाहरु मार्फत भाषा प्रशिक्षण समेत गर्दै आएको छ ।
प्रीमोले ५० भन्दा धेरैलाई प्रत्यक्ष रोजगारी दिएको छ।
लेखकको सम्वन्धमा