चर्चामा

होटल ब्यवसायीहरुलाई शान्ति सुरक्षा तथा व्यवसायिक सचेतना

होटल ब्यवसायीहरुलाई शान्ति सुरक्षा तथा व्यवसायिक सचेतना
0 0
Read Time:3 Minute, 25 Second

बुटवल । आर्थिक मारमा परेका पर्यटन उद्योगका रुपमा रहेका होटल व्यवसायीहरुलाई जोगाउने गरि सरकारबाट पहल जरुरी रहेको रुपन्देहीका ब्यवसायीहरुले माग गरेका छन ।

Advertisement

मर्यादित र सचेतता अप्नाएका ब्यवसायीहरुलाई सधै प्रहरी प्रशासनबाट सुरक्षाको ग्यारेन्टी हुनुपर्ने उनिहरु आग्रह गरे । कुनै पनि अपराधिक गतिविधिको योजना बन्ने स्थानका रुपमा होटल हुने गरेको धेरै उदाहरण रहेको भन्दै ब्यवसायीहरु समयमा नै सचेत भएमा जोखिम न्युनिकरण गर्न सकिने उनिहरुको तर्क छ ।

होटल तथा रेस्टुरेन्ट व्यबसायी संघ रूपन्देहीको आयोजनामा शुक्रबार भएको शान्ति सुरक्षा तथा व्यवसायिक सचेतना कार्यक्रममा बोल्ने वक्ताहरू पाहुनालाई गुणस्तरीय सेवा प्रदान गर्दै मर्यादा पेशामा जोड दिन आग्रह गरे ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले होटल व्यवसाय क्षेत्र संवेदनशील रहेको भन्दै व्यवसायी सचेत हुन सुझाव दिए ।

उनले होटलमा सेवा लिने सेवाग्राहीहरुको पहिचान गर्नुपर्ने भन्दै आवश्यक आधुनिक सुरक्षा प्रविधिमा जोड दिन आग्रह गरे । ‘होटलहरुमा प्रयाप्त सिसि टिभी क्यामेरा जडान गर्नुहोस ।’ —उनले भने । शान्ति सुरक्षा र होटलमा हुनसक्ने गतिविधिलाई केही हदसम्म यसबाट पत्ता लगाउन सहयोग मिल्ने उनको दाबी छ ।

होटलहरु खाद्य सुरक्षातर्फ पनि विशेष ख्याल गर्नुपर्ने भन्दै पछिल्लोसमय मासुजन्य अनुगमनमा धेरै समस्याहरु देखिएको उनले तर्क दिए ।

कार्यक्रममा संघका केन्द्रीय सल्लाहकार देवीकुमार श्रेष्ठले प्रहरीको साथभएमात्र व्यवसायीहरु आफनो ब्यवसायमा सफल हुने बताए ।
कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले व्यवसायको मूल्य मान्यता र विधिभित्र रहेर व्यवसाय सञ्चालन गर्न सबै व्यवसायीलाई आग्रह गर्दै संस्थामा आवद्ध होटल ब्यवसायीहरुको हकहितमा सधै अग्रसर रहने बताए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले ब्यबसायी पनि कानून मातहत रहेर सञ्चालन रहेको बताउँदै अबान्छित गतिविधि गर्ने व्यवसायीको साथमा संघ कहिल्यै साथ नदिने स्पष्ट पारे ।

कार्यक्रममा संघका निर्वतमान अध्यक्ष रामप्रसाद गौतम, संघका महासचिव अर्जुन थापाले होटल ब्यवसायीहरु पर्यटन उद्योगका रुपमा अघि बढेको बेला सरकारबाट आवश्यक नीतिगत रुपमा पहल गर्नुपर्ने सुझाव दिए ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %