चर्चामा

काङ्ग्रेस सचेतक गिरिले दर्ता गरिन लुम्बिनीमै पहिलो संकल्प प्रस्ताव, सडक दुर्घटना रोकथाम र जिउधनको सुरक्षाको माग

काङ्ग्रेस सचेतक गिरिले दर्ता गरिन लुम्बिनीमै पहिलो संकल्प प्रस्ताव, सडक दुर्घटना रोकथाम र जिउधनको सुरक्षाको माग
0 0
Read Time:7 Minute, 21 Second

बुटवल । लुम्बिनी प्रदेशमा पहिलो संकल्प प्रस्ताव दर्ता भएको छ। प्रदेशमा हुने सडक दुर्घटना रोकथाम गरी जिउधनको सुरक्षा र क्षति न्यूनिकरणको व्यवस्थाबारे पहिलो पटक संकल्प प्रस्ताव दर्ता गरिएको हो। नेपाली कांग्रेसका सचेतक निमा गिरी प्रस्तावक, नेकपा माओवादी केन्द्रका सचेतक कृष्णा कुश्मा थारु र जसपा नेपालका प्रदेश सभा सदस्य अम्बिका काफ्ले समर्थक रहेको संकल्प प्रस्ताव शुक्रबार प्रदेश सभा सचिवालयमा दर्ता भएको छ। लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम ८४ बमोजिम संकल्प प्रस्ताव दर्ता गरेर सभामुख तुलाराम घर्तीमगरलाई बुझाइएको छ। संकल्प प्रस्ताव सदनमा पेश हुने र त्यहाँ छलफल गरेर संकल्प प्रस्ताव माथी निर्णय गरिने प्रदेश सभा नियमावलीमा उल्लेख छ।

Advertisement

२०७७ देखि २०७९/२०८० त्रीबर्षिय सवारी दुर्घटना विवरण अनुसार लुम्बिनी प्रदेशमा एक हजार पाँचसय ३९ जनाको मृत्यु भएको छ भने तीन हजार पाँच घाईते भएका छन्। एक बर्षमा मात्रै तीन सय ६७ जनाको मृत्यु भएको छ भने सात सय ७९ जना गम्भीर घाइते भएको तथ्यांकमा उल्लेख छ। सड़क दुर्घटना पश्चात समयमै उपचार नपाउने, उपचार पाएपनि उपचार महंगो हुने र लामो समय उपचार गर्नुपर्ने, दुर्घटना पीडितले अत्यन्तै शारिरिक र मानसिक कष्ट पाउने, दुर्घटनाका पीडित र पीडितको परिवार सडक दुर्घटनाको कारण विक्षिप्त बन्ने अवस्था छ।

दुर्घटनाको कारण र समयमै उपचार नपाउदा व्यक्ति जीवन भर अपांगता भएर बस्नु पर्ने अवस्था समेत छ। लुम्बिनी प्रदेशभित्र सडक दुर्घनाका पीडितको लागि आकस्मिक उपचार, निःशुल्क उपचारको व्यवस्था र दुर्घटनाको द्रुत गतिमा उद्दारको लागि आवश्यक संयन्त्रको विकास तथा दुर्घटनाको पीडिले आफ्नो जीवन यापन सहज तरिकाले बाच्न सक्ने गरी क्षतिपूर्तिको व्यबस्था समेत हुनुपर्ने माग राख्दै संकल्प प्रस्ताव दर्ता गरिएको हो।

लुम्बिनी प्रदेश सरकारले आवश्यक कानूनी, नीतिगत र संस्थागत व्यवस्थाको छिटो पहल गर्दै सरकारको ध्यानाकर्षणका लागी ९ बुदे निर्देशनात्मक विवरण तयार पारिएको छ। सुरक्षित सड़क, सुरक्षित यात्र, सुरक्षित सबारी, सडक दुर्घटनाका घाइतेको छिटो उद्दार, निःशुल्क उपचार र दुर्घटनाका पीडितलाई प्रदान गरिने क्षतिपूर्ति र ट्राफिक जनचेतनालाई सम्बोधन गर्दै प्रदेशस्तरको सडक सुरक्षा सम्वन्धी विधेयक तर्जुमागी अघि बढाउन, प्रचलित कानूनको प्रभावकारी कार्यान्वयनको लागि आवश्यंक रणनीति निर्माण गरी तिनको समन्वय र समर्पित समय सीमासहितका लक्ष्य तोकिएको प्रदेश स्तरीय सडक सुरक्षाको कार्ययोजना बनाउने, प्रदेश स्तरीय सडक सुरक्षा कार्ययोजनामा भएका क्रियाकलापहरूको कार्यन्वयन गर्न, सवारी चालकअनुमति पत्र (लाइसेन्स) वितरणलाई बैज्ञानिक बनाउन, सड़कहरूको गुणस्तर मापदण्ड मूल्यांकन गर्नसवारी साधनको सुरक्षा मापदण्ड र प्रदूषण मूल्यांकन गर्न, तीव्र रूपमा भैरहेको शहरीकरणका सन्दर्भमा शहरी सडक प्रयोगकर्ताहरू पैदलयात्री वालवालिका, साइकल यात्रीहरूको सुरक्षा सुनिश्चित गर्न र यस प्रदेशमा भएका पर्यटकीय स्थलमा जाने वाटोहरूको अवस्थामा सुधार गर्न, सड़क सहितहका अतिरिक्त सडकमा पर्याप्त सडक संकेतहरू, वत्तीहरू सडक रंगरोगन, जानकारी मूलक संकेत र ट्राफिक चिन्हसमेतको व्यवस्था गर्न आग्रह गरिएको छ।

प्रचलित कानुन, कार्योजनाका प्रावधानहरु र उच्च अदालत, तुलसीपुर नेपालगन्ज इजलासले २०७९ भदौ २२ गते जारी गरेको सडक दुर्घटना र वातावरण सम्बन्धी परमादेशका सातै बुँदाको कडाइका साथ पालना गराउन आवश्यक पर्ने संख्या अनुसारको जनशक्ति, यातायात निरीक्षक वा ट्राफिक प्रहरी र सोका लागी चाहिने साधन र उपकरणको व्यवस्था गरी प्रदेशभरी पदस्थापन गर्न आग्रह गरिएको छ।

संघ र प्रदेश एवम् प्रदेशकै याताया, गृह तथा स्वास्थ्य मन्त्रालय विच समन्वयको अभाव रहेकाले स्थानीय आवश्यकता अनुसार नागरिकको सुरक्षित यातायातको अधिकार सुनिश्चित गर्न समन्वयकारी भूमिका लागि चाहिने अधिकार सम्पन्न प्रदेश स्तरीय संस्थागत संयन्त्रको निर्माण गर्न, संघीय सरकारसंग मन्त्रालयमा लुम्बिनी प्रदेशका १२ जिल्लाका सहज र पहुँचयुक्त, स्थानमा एक–एक वटा सवारी परिक्षण केन्द्रको स्थापनाको कार्यलाई तिब्र गर्ने, प्रज्वलनशील पदार्थ, बिस्फोटक पदार्थ र ढुवानीका क्रममा गर्नुपर्ने सुरक्षा उपायहरुलाई अवअम्बनगरी त्यस्ता पदार्थ र बस्तुहरुको ढुवानी तथा ओसार पसार गर्ने, ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई सवारी साधनको नम्बर पिलेटको रेकर्डका आधारमा विद्युतीय माध्यम प्रणालीबाट जरिवाना गर्ने र सोको सूचना एसएमएसबाट दिइने प्रणालीको विकास गर्नुपर्ने, दुर्घटनाका घाईतेलाई समयमै उपचार गर्न लुम्बिनी प्रदेश भित्र राष्ट्रिय राजमार्ग नजिकै ट्रमा सेन्टरको स्थापना गर्ने र लुम्बिनी प्रदेश भित्रका जिल्लामा सडक दुर्घटनाका घाईतेलाई आस्मिक उपचार गर्न जिल्ला अस्पतालहरुको क्षमता अभिबृद्धि गर्ने बिषय प्रमुख रुपमा समेटिएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %