पहिरोमा पुरिएर गुल्मीमा एकै परिवारका पाँच जनाको मृत्यु
- सत्यदीप सन्देश संवाददाता
- असार १५, २०८१
- 34 Shares
वुटवल। गुल्मीमा पहिरोले घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ।
शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण मालिका गाउँपालिका वडा नम्बर ६ अर्जैका भेषबहादुर कामीको घरमा पहिरो खस्दा दुई तले जस्ताले छाएको घर पुरिएको र घरमा रहेका पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
पहिरोमा परी अन्दाजी ५५ वर्षीय भेषबहादुर कामी, निजकी ४८ वर्षीया श्रीमती सुन्तली कामी, २६ वर्षीया बुहारी सीता विक, ८ वर्षीया नातिनी सपना विक र ८ महिनाकी नातिनी बिपना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिनुभयो।
पाँचै जना पहिरोमा पुरिएको र उनीहरूलाई स्थानीयसहित सुरक्षा निकायको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
प्रतिकृया दिनुहोस्
- आज बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै
- बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान
- ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
- आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा, बिदा नहुने, झण्डा आधा झुकाइने
- देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस
- ९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
- बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
- बाढी पहिरोको विपद बारे छलफल गर्न आज दिउँसो सर्वदलीय बैठक बस्दै
- तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह
- कोशी ब्यारेजमा पानीको सतह बढ्दै, आकस्मिक बाहेकका सवारी साधनलाई रोक
-
आर्थिक समृद्धिमा शिक्षाको महत्व
अशोज १२, २०८१ -
९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
अशोज १३, २०८१ -
तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह
अशोज १२, २०८१ -
बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता
अशोज १२, २०८१ -
ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
अशोज १६, २०८१ -
बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
अशोज १३, २०८१ -
नारायणगढ–मुग्लिन सडक भासियो
अशोज १२, २०८१ -
कोशी ब्यारेजबाट खसेको बसका सबै यात्रुको उद्धार
अशोज १०, २०८१
लेखकको सम्वन्धमा