तिलोत्तमा अव्यवस्थित तथा सुकुम्बासी : सात वडाका ३६६ ब्लक जग्गा नापियो, पहिलो चरणमा ५ हजार लालपुर्जा बितरण गर्ने तयारी

तिलोत्तमा अव्यवस्थित तथा सुकुम्बासी :  सात वडाका ३६६ ब्लक जग्गा नापियो, पहिलो चरणमा ५ हजार लालपुर्जा बितरण गर्ने तयारी
0 0
Read Time:5 Minute, 53 Second

बुटवल । दलित, बिपन्न तथा अव्यवस्थित एव सुकुम्बासी समस्या समाधान गर्न सरकारले गठन गरेको राष्ट्रिय भूमी आयोगले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ब्लक जाँच तथा लालपुर्जा बितरणका काम गर्दै आएको छ।
तिलोत्तमा नगरपालिका भित्र अहिले सम्म ७ वटा वडामा जग्गा नापेर सकिएको राष्ट्रिय भूमि आयोग रुपन्देही अध्यक्ष हरि बहादुर आचार्य क्षेत्री बताउछन् । उनका अनुसार तिलोत्तमाको वडा नम्बर ३,६,१०,११,१२,१३ र १४ मा जग्गा नापजाच सकिएको छ। तिलोत्तमाका यी ७ वडाका ३६६ वटा ब्लक नापिएको बताउदै उनले ८७ वटा ब्लक जिल्लाबाट स्वीकृत भईसकेको जानकारी दिए।
उनले तिलोत्तमाको वडा नम्बर १४ मा १० अव्यवस्थित बसोबासी र ३ सुकुम्बासी जग्गाधनी लालपुर्जा बितरण गरिएको बताउदै यसबाट राज्यले ३० लाख ५२ हजार ७९० रुपैयाँ राजस्व शंकलन भएको बताए।
उनले नापिएका जग्गाको लालपुर्जा बिरतण गर्न सकिने भएपनि राजस्व घट्ने आशाले केही समय कुरेको बताए। तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओलीले मनोमानी ढंगले लगाएको राजस्व बैज्ञानिक नभएको बताउदै उनले यसको पुनः मुल्यांकनको लागि आग्रह गरिएको जानकारी दिए।
राष्ट्रिय भूमि आयोग रुपन्देही अध्यक्ष आचार्य क्षेत्रीले रुपन्देहीमा तत्कालै ३२ हजार र तिलोत्तमामा मात्रै ५ हजार लालपुर्जा बाढ्न तयार अवस्थामा आफुहरु रहेको बताउदै उनले राजश्वको रकममा केही सहुलियत भएमा बितरणमा सहज हुने बताए।
उनले अन्य पालिकाको तुलनामा तिलोत्तमामा जग्गा नापजाँच निकै सहज भएको बताउदै नापजाँच सकिएका वडामा केहि समय भित्र लालपुर्जा बितरण प्रक्रिया अगाडि बढ्ने बताए। उनले बाकी रहेका वडामा पहिले टुंगोलागेका क्षेत्रमा लालपुर्जा बितरण गरिसकेपछि जग्गा नापजाँच हुने बताए।
यता तिलोत्तमा नगरपालिका नगरप्रमुख रामकृष्ण खाणले नगरपालिकाले लामो समय देखि जोतभोग गर्द आएका स्थानीयलाई अपन्त्व प्रदान गर्ने काममा तिलोत्तमा सबैभन्दा अगाडि रहेको बताउछन।
उनी नगरभित्र रहेका करिब ११ हजार सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई आफ्नो कार्यकाल भित्र सबैलाई लालपुर्जा बितरण गरिसक्ने दाबी गर्छन।
उनले आफुहरु आएदेखी राष्ट्रिय भूमी आयोग संगको सहकार्यमा ७ वडा भित्रको जग्गा नापजाँचको काम सकिएको बताउदै यही भित्रका केही नगन्य मात्रामा लालपुर्जा बितरण समेत गरिसकेको बताए।
‘हामिले हाम्रो कार्यकाल भित्र नगर भित्रका सबै अव्यवस्थित बसोबासी, सुकुम्बासी, दलित तथा भूमिहिनहरुलाइ लालपुर्जा बितरण गरिसक्छौ।’ उनले भने,’अहिलेको वर्षमा नापजाँचलाई तिब्रताका साथ लिएर अगाडि बढिरहेका छौ। ७ वटा वडा सकिसकेका छौ। ‘
उनले अहिले वर्षाको समय भएको र केही जनशक्ति कम भएकोले काम अगाडि बढाउन नसकिएको बताउदै साउन देखि अमिन हरु नियुक्त गरेर भूमी आयोगलाइ सहयोग गर्ने उनको भनाई छ।
उनले जग्गाको राजश्व निकै बढी रहेको गुनासो आइरहेको बताउदै उनले यसको लागि सरकार समक्ष शुल्क घटाउने विषयमा आवश्यक पहल गर्ने बताए। उनले राजश्व तिर्न नसक्दा लालपुर्जा लिन नगएका अन्य स्थानका घटनाहरु सुनेको बताउदै उनले यहाँ त्यस्तो अवस्था आउन नदिन पहल गर्ने उनको भनाइ छ।

लालपुर्जा बिरतणमा स्थानीय तहको भूमिका
राष्ट्रिय भूमि आयोगका जिल्ला समिती र स्थानीय तहको समन्वयमा अव्यवस्थित तथा सुकुम्बासी समस्या समाधान गर्न लालपुर्जा बितरणको काम हुने गर्दछ। यसकोलागी आयोगले आफ्नो अमिनलाइ स्थानीय तहमा पठाउछ।
अमिनलाइ पालिका र वडाको समन्वयमा ब्लक हेर्न पठाउछ। वडाले देखाएको जग्गाको ब्लक र नक्सा जिल्लामा हेरिन्छ र जिल्लाले आवश्यकता र दिन मिल्ने अवस्था भएमा स्वीकृत गर्दछ।
यसरी स्वीकृत भएका जग्गामा स्थानीय तह र भूमी आयोगको समन्वयमा जग्गामा नापजाँच गर्दछ।
जग्गा नापजाँच देखि लालपुर्जा बितरण सम्म आवश्यक सहयोग स्थानीय तहले गर्छन। आवश्यक अमिन तथा प्राबिधिक सामाग्री र कार्यालय ब्यवस्थापन स्थानीय तहले गर्छन।
कुन समुहमा जग्गा बितरण हुदैछ त्यसको बारेमा आवश्यक छलफल हुन्छ र आवश्यक प्रक्रिया पुर्याएर लालपुर्जा तयार र बितरण गरिन्छ।

Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement