लुम्बिनीमा बजेट वक्तव्य माथिकाे सैद्धान्तिक छलफल सकियाे, एमालेलाइ बोल्न दिइएन

लुम्बिनीमा बजेट वक्तव्य माथिकाे सैद्धान्तिक छलफल सकियाे, एमालेलाइ बोल्न दिइएन
0 0
Read Time:2 Minute, 18 Second

बुटवल । लुम्बिनी प्रदेश सरकारले ल्याएकाे बजेट वक्तव्य माथिकाे सैद्धान्तिक छलफल सकिएकाे छ ।
दाेस्राे अधिवेशनकाे १४ औं बैठकका बजेट वक्तव्य माथिकाे सैद्धान्तिक छलफल भएको थियाे । जुन बैठकमा सत्तारुढ दलका सांसदले मात्रै भाग लिए।
छलफलका क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाइ बोल्न नदिएको नेकपा एमाले प्रमुख सचेतक तुल्सिराम चौधरीले जानकारी दिए। उनले पार्टिको तर्फबाट माननीय भोज प्रसाद श्रेष्ठलाई बोल्नको लागि समय माग गरेको भएपनि सभामुखले बोल्न नदिएको गुनासो गरे।
बैठकमा सत्तारुढ दलका बैजनाथ कलवार, वसीउद्दीन खाँ, खड्गबहादुर बस्नेत, तारा थापाले छलफलमा भाग लिदै सरकारले ल्याएकाे बजेट राम्राे आएकाे भन्दै सरकारकाे बचाउ गरे । असार १ गते सरकारले ४० अर्ब ४७ कराेड ८९ लाखकाे बजेट ल्याएकाे थियाे ।
बजेट माथि छलफल गर्न आह्वान गरिएको बैठक तीन पटक सम्म स्थगित गरिएको थियाे । बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्किले बजेट माथि उठेका प्रश्नकाे जवाफ दिदै निर्देशनालय खारेज गर्ने निर्णयकाे बारेमा अध्ययन गर्न समिति बनेकाे र साे आधारमा कार्यान्वयन गरिने बताए ।
यस्तै मन्त्री मास्किले सदनमा आर्थिक बर्ष २०८०/०८१ काे सेवा र कार्यका लागि प्रदेश सञ्चित काेषबाट केही रकम खर्च गर्ने र विनियाेजन गर्ने सम्बन्धमा बनेकाे विधेक पेश गरे ।
दाेस्राे अधिवेशनकाे १५ औं बैठक मंगलबार दिउँसो १ बजेलाइ आह्वान गरिएको छ । अब बस्ने बैठकमा विनियोजन बिधेक माथिकाे सैद्धान्तिक र दफावार छलफल गर्ने सम्भावित कार्यसुचि तय गरिएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement