रोटरी क्लव अफ लुम्बिनी रुपन्देहीमा नयाँ नेतृत्व चयन, अध्यक्षमा सुवेदी
बुटवल । रोटरी क्लव अफ लुम्बिनी रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । वर्ष २०२३-२४ का लागि लक्ष्मण सुवेदीको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसहमत चयन भएको हो ।
जस्को चार्टर प्रेसिडेन्टमा थानेश्वर पाण्डे, प्रेसिडेन्ट इलेक्टमा सुदिप थापा,प्रेसिडेन्ट नोमिनीमा पदम खनाल,सचिवमा उमापति भुसाल,कोषाध्यक्षमा कविराज भट्टराइ ,डाइरेक्टर चियर क्लव एडमिनिस्ट्रेसनमा दीपक ढकाल,डाइरेक्टर चियर मेम्मरसीपमा मनोज पौडेल,डाइरेक्टर चियर पब्लिक रिलेशनमा बिमेश रिजाल,डाइरेक्टर चियर सर्भिस प्रोजेक्टमा चन्द्रकान्त खरेल,डाइरेक्टर चियर टिआरएफमा दिपक बजिमय रहेका छन् ।
त्यस्तैगरि एसजीटी एटी आर्मस्मा यमनिधि न्यौपाने,एडिटरमा कपिल ज्ञवाली ,पास्ट प्रेसिडेन्टमा सुरज क्षेत्री रहेका छन् । यसैगिर एक्टिभ मेम्बरमा अच्युत भण्डारी, बिष्णुप्रसाद भण्डारी, मदन पौडेल, मोहम्मद साफीराजा खान, पदम देबकोटा, प्रकाश भण्डारी, प्रकाश भट्टराइ ,राजु कार्की , शक्ति गौतम, शेरबहादुर गुरुङ र सिर्जना भुसाल रहेका छन् ।
उनीहरु सबैलाई एक समारोहका बिचमा शुक्रबार सपथ तथा पदस्थापन गरिएको छ । यसअघि चार्टर प्रेसिडेन्टमा थानेश्वर पाण्डेले पदहस्तान्तरण समारोह भएको थियो ।
फस्ट इन्टलेसन तथा चार्टर प्रिजेन्टेसन समारोहमा रोटरीका नेताहरुको बाक्लो सहभागिता रहेको थियो । रोटरी क्लव अफ लुम्बिनी रुपन्देहीको स्पोन्सर भने रोटरी क्लव सेन्ट्रल बुटवलले गरेको हो ।कार्यक्रममा प्रमुख अतिथि ड्रिस्ट्रिक गभर्नर जितेन्द्र बहादुर राजभण्डारीले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिदै नयाँ नेतृत्वलाई सकृय भएर आफ्नो कार्यकाल सफल बनाउन सुझाव दिए ।
सो अवसरमा बिशिस्ट अतिथि सिद्धार्थनगरपालिकाका प्रमुख ईश्तियाक अहमद खान,पास्ट ड्रस्ट्रिक गभर्नर बासुदेव गोल्यान, सन्जय गिरि, जयाराज्य लक्ष्मी शाह, एसिस्सटेन्स गभर्नर सन्जिव शर्मा , यादव भण्डारी , राजेन्द्रमान शेरचन ,बिनोद कोईराला लगायतले शुभकामना मन्तब्य राखेका थिए । क्लवका नवनिर्वाचित अध्यक्ष लक्ष्मण सुवेदीले आफ्नो कार्यकाललाई सबै रोटरीयनको साथ र सहयोगमा क्लवले गर्ने कार्यहरुलाई नयाँ उचाईमा पुर्याउने बताए ।
सो अवसरमा क्लवका एडभाइजर एजाज आलम,हिमाल गैरे,पुरन ज्ञवाली,चार्टर प्रेसिडेन्टमा थानेश्वर पाण्डे,पास्ट प्रेसिडेन्ट सुरज क्षेत्री लगायतले बोल्दै क्लवलाइ नमुना काम गरेर अघि बढाउन आग्रह गरे ।
लेखकको सम्वन्धमा