चर्चामा

बुटवलको मणिमुकुन्द कलेजद्वारा पछिल्लो दशकका विशेष शैक्षिक उपलब्धि सार्वजनिक

बुटवलको मणिमुकुन्द कलेजद्वारा पछिल्लो दशकका विशेष शैक्षिक उपलब्धि सार्वजनिक
1 0
Read Time:2 Minute, 48 Second

बुटवल । बुटवल ११ योगिकुटीमा रहेको मणिमुन्द कलेजले पछिल्लो दशकका विशेष शैक्षिक उपलब्धि सार्वजनिक गरेको छ।
शनिबार क्याम्पसमा पत्रकार सम्मेलनको आयोजना गर्दै कलेजले २०६९ साल यताका १० वर्षे उपलब्धि सार्वजनिक गरेको हो।
क्याम्पसका प्राचार्य टुक बहादुर क्षेत्रीले क्याम्पसमा अध्ययन गरेमा बिद्यार्थीहरुको अहिलेको उत्कृष्टताको स्थानमा रहेको र विभिन्न पुरस्कारहरुको बारेमा जानकारी गराएका थिए।
साथै उनले नियमित उपलब्धि अन्तरगत विभिन्न ठुला ठुला छात्रवृत्ति तथा विभिन्न वार्षिक नतिजामा उत्कृष्टताको विवरणको बारेमा जानकारी गराएका थिए।
उनले क्याम्पसले मणिमुकुन्द क्लबलाइ जन्माउन सफल भएको बताउदै यसबाट खेलाडी र रेफ्री समेत उत्पादन गर्न सफल रहेको बताए।
उनले क्याम्पसले सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य शिविर तथा नागरिकहरुलाइ शुद्ध खानेपानीको पहुच पुर्याउन काम गरिएको बताए।
उनले क्याम्पसले आर्थिक अवस्था कमजोर भएका अभिभावकका सन्तानलाई निशुल्ल समेत अध्यापन गराउदै आएको बताउदै उनले अन्य बिधालयमा भएपनी अध्यापन गर्ने शिक्षक शिक्षिकाका सन्तानलाई छात्रवृत्ति प्रदान गरेको जानकारी दिए।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष विश्वास ढकालले अहिले सम्म विद्यालयको नतिजा उत्कृष्ट रहेको भएपनि प्रचार नभएकोले बाहिर नआएको बताए।
कार्यक्रममा सह प्राचार्य दिवाकर खनाल,ब्यवस्थापन संकाय संयोजक पशुपति चौधरी लगायतले बोलेका थिए।
२०५६सालमा स्थापन भएको क्याम्पसमा १३ सय विद्यार्थी अध्ययनरत रहेका छन भने ८५ शिक्षक रहेका छन।
साथै क्याम्पसमा कक्षा ११ मा नया भर्ना शुरु भएको बताउदै यहीँ असार २६ गते प्रवेश परिक्षा रहेको क्याम्पसले जनाएको छ। अहिले बिज्ञापन र ब्यवस्थापन संकायमा बिहान र दिउँसो ३/३ सय विद्यार्थी भर्ना गरिने क्याम्पसले जनाएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement