बुटवल लेडि जेसिजद्वारा नेतृत्व विकास तथा भाषणकला प्रशिक्षण
बुटवल । बुटवल लेडी जेसिजले आफ्ना सदस्यहरूका लागि नेतृत्व विकास तथा भाषण कला सम्बन्धी प्रशिक्षण प्रदान गरेको छ।
लेडी जेसिजमा आबद्ध भएका सदस्यहरूबिचमा वाककलाको विकाससँगै नेतृत्व विकास गराउने उद्देश्यले एक दिने नेतृत्व विकास तथा भाषण कला कार्यक्रम गरेको बुटवल लेडी जेसिजका अध्यक्ष कमला लम्सालले जानकारी दिए।
तालिमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष यज्ञप्रसाद पङ्गेनीले महिलाहरू नेतृत्व तहमा पुग्नका लागि वाक क्षमताको विकास आवश्यक रहेको बताए।
स्थानीय तहमा हुने योजना र कार्यक्रममा बारेमा थाहा पाउन पनि महिलामा नेतृत्व विकास अनिवार्य रहेको उल्लेख गरे। उनले वडाले आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताउँदै समन्वय गर्न आग्रह गरे।
बुटवल लेडी जेसिजका अध्यक्ष कमला लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष जीवन कार्की, बुटवल जेसिजका पूर्व अध्यक्ष राजीव गौतम, लेडि जेसिजका निवर्तमान अध्यक्ष अनुपमा श्रेष्ठ, पूर्व अध्यक्ष कल्पना पाण्डे कुसुम, उपाध्यक्ष सपना ज्ञवाली, रुपा श्रेष्ठ, सल्लाहकार तिला पाण्डे,ज्ञानधरा पन्त, सिनेटर राधिका पोखरेल लगायतले बोल्दै महिलामा नेतृत्व र क्षमता विकास आवश्यक रहेको बताएका थिए।
पब्लिक स्पिकर गोपाल अधिकारीले सहजीकरण गर्नु भएको कार्यक्रममा ४० जना महिला सदस्यहरूको सहभागिता रहेको लेडी जेसिजका महासचिव रुपा श्रेष्ठ पाठकले जानकारी दिइन।
लेखकको सम्वन्धमा