कृष्णनगर भन्सारले लक्ष्य अनुसार राजस्व उठाउन सकेन

कृष्णनगर भन्सारले लक्ष्य अनुसार राजस्व उठाउन सकेन
0 0
Read Time:2 Minute, 11 Second

कपिलवस्तु । कपिलवस्तु जिल्लाको सबैभन्दा ठुलो भन्सार कृष्णनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/८०   लक्ष्यको जम्मा ५०.९८ प्रतिशत मात्र  राजश्व  उठाउन सफल भएको छ । 
चालु आर्थिक वर्ष २०७९/८०  मा  कृष्णनगर भन्सार कार्यालयको  लक्ष्य ७  अर्ब ७९  करोड २४ लाख २४  लाख ५ हजार रहेको थियो ।
कृष्णनगर भन्सार कार्यालय असार महिनाको अन्तिम  सम्म  जम्मा ३  अर्ब ९२  करोड ९ लाख ६४  हजार मात्र राजस्व उठाउन सफल भएको छ ।
जुन लक्ष्यको  ५०.९८ प्रतिशत मात्र राजश्व उठाउन सफल भएको कृष्णगर भन्सार कार्यालयका प्रमुख गगन बहादुर बि के ले जानकारी दिए।
‘अहिले असारको केही दिन मात्र बाकी हुँदा लक्ष्य पूरा हुने सम्भावना देखिएको छैन।’ कृष्णनगर भन्सार कार्यालयको प्रमुख विकले भने-‘गत वर्षको तुलनामा यस वर्ष २६ प्रतिशत राजस्व  कमी आएको छ , गत वर्ष ७८/७९  मा  ५ अर्ब ४१ करोड ८३ लाख राजस्व उठाउन सफल भएको थियो भने यस वर्ष जम्मा ३  अर्ब ९२  करोड ९ लाख ६४  हजार मात्र राजस्व उठाउन सफल भएको छ।’
कृष्णनगर भन्सार कार्यालयमा मुख्य आयात हुने बस्तु धान चामल , एम एस पलेड , खरानी , खाद्यान्न फलफूललगायतमा कमी आएको भन्सार कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार चामलमा ५१ प्रतिशतले कमी आएको छ भने ,एम एस बलेडको आयातमा ९० भने खरानीमा ६१ प्रतिशतले कमीले आएको छ।तरकारी फलफुलमा पनि ४५ प्रतिशतले कमी आएको छ।यही कारणले आयातमा कमी आएकोले गर्दा राजस्व सङ्कलनमा कमी आएको कृष्णनगर भन्सार कार्यालयले जनाएको  छ।

Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement