चर्चामा

लुम्बिनी प्रदेशमा एकैदिन ९५४ सवारी कारवाही, साढे ७ लाख बढी राजस्व संकलन

लुम्बिनी प्रदेशमा एकैदिन ९५४ सवारी कारवाही, साढे ७ लाख बढी राजस्व संकलन
0 0
Read Time:2 Minute, 0 Second

बुटवल । लुम्बिनी प्रदेशमा पछिल्लो २४ घन्टामा ९ सय ५४ सवारी कारवाहीमा परेका छन। विभिन्न किसिमका ट्राफिक नियम मिचेर प्रदेशका १२ जिल्लाबाट विभिन्न ९ सय ५४ सवारी कारवाहीमा परेको नेपाल प्रहरी राजमार्ग शुरक्षा तथा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले जनाएको छ।
सवारी साधन कारवाहीबाट ७ लाख ५८ हजार ५ सय राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार सबैभन्दा धेरै रुपन्देहीबाट २८१ कारवाही परेका छन भने सबैभन्दा कम रुकुम पुर्वमा ६ सवारी कारवाहीमा परेका छन। रुपन्देहीबाट कारवाहीमा परेका सवारी साधनबाट तीनलाख १ हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
यस्तै दाङबाट १३४ सवारी कारवाहीबाट ९१ हजार ५ सय,कपिलवस्तुमा १२२ सवारी कारवाहीबाट १ लाख ३ हजार ५ सय, बाकेमा १२१ सवारी कारवाही बाट ७६ हजार ५ सय,नवलपरासीमा ८४ सवारी कारवाहीबाट ५४ हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
यस्तै बर्दियामा ६२ सवारी कारवाहीबाट ३४ हजार,पाल्पामा ४८ सवारी कारवाहीबाट ३१ हजार,प्युठानमा २८ सवारी कारवाहीबाट १६ हजार,रोल्पामा १९ सवारी कारवाहीबाट ११ हजार,अर्घाखाँचीमा १५ सवारी कारवाहीबाट १२ हजार र रुकुम पुर्वमा ६ सवारी कारवाहीबाट ४ हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement