चर्चामा

निश्चित पसलबाट विद्यार्थी पोसाकखरिद दबाब नगर्न तिलोत्तमाको निर्देशन

निश्चित पसलबाट विद्यार्थी पोसाकखरिद दबाब नगर्न तिलोत्तमाको निर्देशन
0 0
Read Time:2 Minute, 48 Second

बुटवल । शैक्षिकसत्र शुरु हुदा वा नया भर्ना कार्यक्रम सञ्चालन गर्दा विद्यार्थीहरुलाई निश्चित पसलबाट खरिद गर्न दबाब नदिन रुपन्देहीको तिलोत्तमा नगरपालिकाले निर्देशन गरेको छ।
कक्षा ११ मा नया भर्नाका तिलोत्तमा स्कुल तथा क्याम्पसहरुले निश्चित पसलबाट पोसाक खरिद गर्न दबाब दिएका गुनासो आएको भन्दै तिलोत्तमाले यो कार्य बन्द गर्न निर्देशन दिएको हो।
तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले अभिभावक र विद्यार्थीको भावना विपरित निश्चित पसलबाट मात्र विद्यार्थीहरुको पोशाक खरिद गर्नुपर्ने बाध्यात्मक परिस्थिति शिर्जना गरेको गुनासो आएकोले यस्तो काम बन्द गर्न सम्पूर्ण शैक्षिक संस्थाहरुलाई निर्देशन गरिएको बताए।
नियम विपरित यस्ता कार्यहरु गरेको पाइएमा नियमानुसार कारवाही गरिने प्रमुख खाणले जानकारी दिए। नगरपालिकाले एक सुचना जारी गर्दै निर्देशन गराएको हो।


सूचनामा लेखिएको छ-” तिलोत्तमा नगरपालिका भित्र सञ्चालित सामुदायिक, संस्थागत विद्यालय तथा क्याम्पसहरुले विद्यार्थीहरुको पोशाकका सम्बन्धमा निश्चित व्यापारीहरुसँगको मिलेमतोमा टेण्डर मार्फत पोशाक खरिद गर्ने प्रक्रिया मिलाई विद्यार्थी र अभिभावकहरुलाई निश्चित पसलबाट मात्र पोशाक खरिद गर्न बाध्यात्मक परिस्थिति सृजना गरेको, जसबाट विद्यार्थीहरुले आफुलाई मिल्दो अनुसारको पोशाक लगाउन नपाएको भनी यस कार्यालयमा विभिन्न माध्यमबाट गुनासो प्राप्त भएको हुनाले यस नगरभित्र सञ्चालित कुनै पनि शैक्षिक संस्थाले अभिभावक र विद्यार्थीको भावना विपरित त्यस्तो कार्य नर्गनु नगराउनुहुन जानकारी गराइन्छ, साथै नियम विपरित यस्ता कार्यहरु गरेको पाइएमा नियमानुसार कारवाही गरिने व्यहोरा समेत यसै सूचनाद्धारा जानकारी गराइन्छ ।”

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement