इन्टलेक्च्यूअलमा विद्यार्थीलाई सम्मान

इन्टलेक्च्यूअलमा विद्यार्थीलाई सम्मान
0 0
Read Time:2 Minute, 33 Second

बुटवल । इन्टलेक्च्यूअल एकेडेमी बुटवल ११ कालिकानगरमा एसइई २०७९ मा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको छ । मंगलबार आयोजित सम्मान कार्यक्रममा स्कुल व्यवस्थापन समितिका संस्थापक अध्यक्ष डा.कृष्ण खरेल, स्कुलका अध्यक्ष्ँ गोविन्द प्रसाद मरासिनी, संचालक रामराज पोख्रेलले विद्यार्थीहरुलाई सम्मान गरेका थिए । एसइईमा सहभागी २५ जना मध्ये २ जना एप्लस ७ जना ए ,६ जना बिप्लस, ४ जना बि र ६ जनाले सिप्लस ल्याएका थिए । सो अवसरमा अंग्रेजी, गणित, कम्प्युटर, स्वास्थ्य तथा शारिरिक शिक्षा लगाएतका विषयमा ४ जिपिए ल्याउने १२ जना विद्यार्थीहरुलाई नगद सहित सम्मान गरिएको थियो भने अन्य विद्यार्थीहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । सो अवसरमा उत्कृष्ठ ४ जना शिक्षकहरुलाई पनि नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।
स्कुल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद मरासिनीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा संस्थापक अध्यक्ष डा. कृष्ण खरेलले सिकाई जीवनका लागि हुनुपर्ने भएकाले धेरै अंक प्राप्त गर्ने हौसिने र कम अंक प्राप्त गर्ने निरुत्साहित हुन नहुने भन्दै मेहनत गर्न छोड्न नहुने धारणा राख्नु भएको थियो ।
सो अवसरमा स्कुलका संचालक रामराज पोख्रेलले वर्षभरिको पढाईलाई तीन घण्टे परिक्षाले विद्यार्थीको यथार्थ मुल्याङ्कन नहुने हु“दा खास मुल्याङ्कन विद्यार्थीले सिकेको सिपबाट हुने बताउनुभयो । स्कुलका कोर्डिनेटर मित्रजन भण्डारीको संचालन तथा कोर्डिनेटर माया पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा एसइई २०७९ का उत्तीर्ण विद्यार्थी सजना थापाले आफ्नो धारणा राखेकी थिइन ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement