३७५६ जना विद्यार्थीले दिए अक्सफोर्ड मा. वि कक्षा ११ काे प्रवेश परीक्षा

३७५६ जना विद्यार्थीले दिए अक्सफोर्ड मा. वि कक्षा ११ काे प्रवेश परीक्षा
0 0
Read Time:2 Minute, 57 Second

बुटवल।अक्सफोर्ड माध्यमिक विद्यालय बुटवलमा कक्षा ११ मा पढ्नकाे लागि आज भएको प्रवेश परीक्षामा हजारौं विद्यार्थीहरूकाे सहभागीता भएको छ। विगत देखि नै उत्कृष्ट रिजल्ट ल्याउन सफल अक्सफोर्ड मा. वि ले अहिले संस्कार सहितको शिक्षा दिने पाठ्यक्रम लागू गरेसङ्गै अभिभावक तथा विद्यार्थीहरूकाे आकर्षण ह्वात्तै वढेकाे हाे ।

अक्सफोर्ड मा. वि बुटवलमा विज्ञान,ब्याबस्थापन तथा शिक्षाशास्त्र संकायमा पढाइ हुने गर्दछ। आज विद्यालयले ल्याएको परीक्षामा सम्पूर्ण संकायमा गरी कुल ३७५६ जना विद्यार्थीहरूले परीक्षा दिएका छन्। विहान ७:३० बजे सुरू गरेको परीक्षामा अक्सफोर्ड मा.वि काे विद्यालय भवन,प्लस टु भवनमा सञ्चालन गरिएको थियोे । सयौं अभिभावक तथा हजारौं विद्यार्थीहरूकाे सहभागीतामा भएको परीक्षामा एक घण्टाकाे समय निर्धारण गरिएको थियोे ।

रूपन्देही जिल्लामा विगत देखिनै उत्कृष्ट रिजल्ट ल्याउदै आएको अक्सफोर्डले अहिले पनि विभिन्न संकायमा उत्कृष्ट रिजल्ट ल्याउने गरेको हुदा विद्यार्थीहरूकाे आकर्षण बढेको प्राचार्य दिनेश भुसालले बताउनुभयो । रिजल्ट सङ्गै भर्ना अभियानमा लाग्ने कुरा बताउदै प्राध्यापक सुमन भुसालले कक्षा ११ मा भर्ना हुनकाे लागि विद्यार्थीहरूकाे चाप बढेको हुदा भाेलिदेखि भर्ना बन्द गर्नुपर्ने अवस्था आउने बताउनुभयाे। संस्कार सहितको शिक्षाकाे लागि अक्सफोर्ड एक ब्रान्ड बनेको हुदा समयमै आफना छाेराछाेरी भर्ना गरि ढुक्क हुन अभिभावकलाई आग्रह समेत गर्नुभयो । अक्सफोर्डमा विज्ञान,ब्यबस्थापन तथा शिक्षाशास्त्र संकायमा विहानी तथा दिवा समयमा पढाइ हुने र अहिले ७५० जना विद्यार्थीहरू राख्ने याेजना भएको बिहानी सत्र इन्चार्ज नारायण सापकोटाले बताउनुभयो ।साथै भर्खरै प्रकासन भएको BHM काे नतिजामा अक्सफोर्ड कलेज नेपाल प्रथम र BIM काे नतिजामा विशाल खनालले ३.८० GPA सहित लुम्बिनी प्रदेश प्रथम हुन सफल भएको क्याम्पस प्रमुख मनाेज मरासिनीले बताउनुभयो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement