चर्चामा

सुठौली भन्सारद्वारा लक्ष्यको ४५ प्रतिशत मात्र राजस्व संकलन

सुठौली भन्सारद्वारा लक्ष्यको ४५ प्रतिशत मात्र राजस्व संकलन
0 0
Read Time:2 Minute, 12 Second

कपिलवस्तु । कपिलबस्तु जिल्लाको दोस्रो सबैभन्दा ठुलो भन्सार सुठौली भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७९÷८० लक्ष्यको जम्मा ४५ मात्र राजस्व संकलन गरेको छ ।

चालु आर्थिक बर्ष २०७९÷८० मा सुठौली भन्सार कार्यालयको कुल लक्ष्य २ अर्ब ७ करोड ९७ लाख २७ हजार राजस्व तोकिएको थियो , सु्ठौली भन्सार कार्यालयले असार महिनाको अन्तिम सम्म जम्मा ९३ करोड ३ लाख ४० हजार मात्र राजस्व संकलन गरेको , जुन लक्ष्यको जम्मा ४४.६० प्रतिशत मात्र राजस्व संकलन गरेको सुठौली भन्सारका प्रमुख चुरा बहादुर सर्तुङगीले बताउनु भएको छ अहिले असारको केही दिन मात्र बाकी हुँद लक्ष्य पुर सम्भावन देखिएको छैन सुठौली भन्सार कार्यालयको प्रमुख सर्तुङगीले बताए ।

गत बर्षको तुलनामा यस बर्ष ३२.९९ प्रतिशत राजस्व कमी आएको छ , गत बर्ष ७८÷७९ मा १ अर्ब ३८ करोड ८४ लाख १८ हजार सुर्ठौली भन्सारले राजस्व उठाउन सफल भएको थियो गत बर्ष भन्दा ४५ करोड ८० लाख ७७ हजार राजस्वले कमी आएको सुठौली भन्सार कार्यालयले जनाएको छ ।
सुठौली भन्सारमा राजस्व कमी हुने मुख्य कारण गत बर्षको तुलनामा आयात ६० प्रतिशत कमी आएको छ ,भारतले खाधान्न बस्तु धान , चमाल ,गोहुँ सिमित भन्सारहरुबाट मात्र आयात हुने ,टाइल मार्बल यो नाकाबाट बन्द भएकाले गर्दा पनि राजस्व कमी आएको , क्यारन्टाईन समस्य तरकारी र फलफ्ुल आयात नभएकोले गर्दाले पनि राजस्व कमी आएको सुठौली भन्सार कार्यालले जनाएको छ

Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement