द्वन्दपीडितलाई न्यायको अनुभूति गराउनुपर्नेमा जोड

द्वन्दपीडितलाई न्यायको अनुभूति गराउनुपर्नेमा जोड
0 0
Read Time:4 Minute, 33 Second

बुटवल । नेपालको सङ्क्रमणकालीन न्यायमा परिपूरण, पुनर्स्थापना र मेलमिलाप विषयक परामर्श बैठक बुटवलमा सम्पन्न भएको छ।  सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथिका कुराहरूमाथि बैठकमा छलफल गरिएको हो।
नेपाल पुनर्स्थापना न्याय मञ्चको आयोजना एव मानव अधिकारका लागि महिला एकल महिला समूहको समन्वयमा सोमबार बुटवलमा भएको बैठकमा बोल्ने अधिकांशले सरकारले सङ्क्रमणकालीन न्यायका सन्दर्भमा सरकारले न्यायको अनुभूति प्रदान गर्न नसकेको बताएका थिए। उनीहरूले पटक पटक हुने कार्यक्रमले पीडितका कुराहरू सुन्ने काम मात्रै हुने हुँदा ओइलाएको घाउ बल्झिएको बताएका थिए।
कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले द्वन्द्व पीडितको क्षेत्रमा काम गर्दै आएको बताए। उनले रुपन्देहीमा १२ जना घाइतेलाई राहत उपलब्ध गराउँदै आएको बताउँदै अभिलेख राख्ने काम र तत्कालीन शान्ति समितिले गरेका कामको बारेमा जानकारी र अपडेट रहेको बताए।

उनले पीडितको वकालत गर्ने कार्यमा स्थानीय प्रशासन तयार रहेको बताउँदै यो विधेयकमा बाकी रहेका मुद्दाहरूलाई सरकारले छिटोभन्दा छिटो समन्वय गर्नुपर्ने बताए। उनले यस्तो द्वन्द्व अब कहिले पनि हुन नहुने बताउँदै पीडितले न्याय पाएको अनुभूति गराउन सबै तहका सरकार र सबै सरोकारवाला लाग्नुपर्ने बताए।
कार्यक्रममा नेपाल पुनर्स्थापना न्याय मञ्चका संस्थापक अध्यक्ष राम तिवारीले छलफलमा उठेका कुरालाई सरकार समक्ष पुर्‍याउने बताए। उनले अहिले सम्म भएका प्रयास र थप्नुपर्ने कुराको बारेमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए।
लुम्बिनी प्रदेशका मुख्य महान्यायाधिवक्ता बुद्ध बहादुर थापाले लुम्बिनी प्रदेश सरकारले यस सँग सम्बन्धी कार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। 
कार्यक्रममा लुम्बिनी प्रदेश आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयका कानुन अधिकृत सीता घिमिरेले लुम्बिनी प्रदेश सरकारले धेरै बजेट विनियोजन गरेको बताउँदै सरकार परिवर्तन भइरहँदा समस्या आएको बताइन। सत्य निरूपणको काम पीडितले खोजेको भए पनि त्यो नभएको बताउँदै उनले न्यायको विकल्पको रूपमा मेलमिलाप हुन नहुने बताइन।

कार्यक्रममा बोल्दै जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही प्रमुख मुक्तिराम सुबेदीले सरकारले गठन गरेका आयोगले कामलाई पूर्णता दिन नसक्दा पीडितहरू पीडित नै बन्नु परेको बताए। 
कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोग बुटवल प्रमुख सोमनाथ सुबेदीले आफ्नो धारणा सार्वजनिक गरिएको बताउँदै आवश्यक सहकार्य गर्दै आएको बताए।  
नेपाल पत्रकार महासङ्घ रुपन्देही अध्यक्ष रामराज पोख्रेल,रेडक्रस सोसाइटी रुपन्देही सदस्य एव महिला सशक्तीकरण रुपन्देही सह संयोजक हेमा बेल्बासे, सञ्चारीका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोल, अधिवक्ता इन्दिरा आचार्य, मानव अधिकारका लागि महिला एकल महिला समूह लुम्बिनी अध्यक्ष जानुका घिमिरे, सचिव रिता सेन, द्वन्द्व पीडितहरू राधिका श्रेष्ठ महेन्द्र भुसाल,गोमा बस्याल लगायतले बोलेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement