सिद्धार्थ गौतम बुद्ध क्याम्पसको सहायक प्राचार्यमा कृष्णप्रसाद खनाल नियुक्त शिक्षा
बुटवल । बुटवल उपमहानगर पालिका वार्ड ५ रहेको सिद्धार्थ गौतम बुद्ध क्याम्पस कक्षा ११,१२ तर्फ को सहायक प्राचार्य पदमा कृष्णप्रसाद खनाल नियुक्त भएका छन्।
लामो समयदेखि सोही क्याम्पसमा अध्यापन गराउँदै आएका खनाललाई सोमवार एक समारोह विच क्याम्पस प्रमुख विष्णु प्रसाद राना र व्यवस्थापन समितिका उपाध्यक्ष कृष्ण लाल जोशीले पदभार गराएका छन् ।
शिक्षा र व्यवस्थापन सङ्कायमा कक्षा ११ देखी मास्टरसम्म अध्ययन हुने यो क्याम्पस २८ सय भन्दा धेरै विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । कक्षा ११ र १२ मा ६ सय विद्यार्थी रहेका छन् । नव नियुक्त खनालले कुशल नेतृत्व प्रदान गर्दे नैतिक र गुणस्तर शिक्षामा जोड दिने प्रतिबद्धता व्यक्त गरे।
बुटवलमा रहेको शैक्षिक अग्रणिसंस्था सिद्धार्थ गौतम बुद्ध क्याम्पस जहाँ कक्षा ११ देखि स्नातकोत्तर सम्म ब्यवस्थापन र शिक्षा पढाई हुन्छ!!स्मरणीय कुरा के छ भने यसै बर्ष M.B.S. second semester मा पुजा थापाले 3.90GPA सहित नेपाल प्रथम र रिता श्रेष्ठ 3.88 GPA सहित नेपाल तृतीय भयका थिए।
You sent
लेखकको सम्वन्धमा