बुटवलको कालिकापथ र नेपालगञ्ज रोड जोड्न भत्काइयो पर्खाल
- सत्यदीप सन्देश संवाददाता
- साउन ५, २०८०
- 87 Shares
बुटवल । बुटवल उपमहानगरपालिकाले कालिका पथ र मुख्य सडक जोड्न निकास खोलेको छ।
लुम्बिनी प्रादेशिक अस्पताल र कालिका मन्दिरको बीचमा रहेको पर्खाल भत्काएर बुटवल उपमहानगरपालिकाले दुई सडक जोड्ने निकास निकालेको हो।
यो सडक सञ्चालनमा आएपछि बुटवलको नेपालगञ्ज रोडबाट कालिकापथ जानेआउने निकास सहज हुने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो।
उहाँले ४१ फुटको सडक बनाउने गरी सो क्षेत्रमा रहेका संरचना भत्काइएको र यसले कालिकापथ जान आउन सहज हुने र मुख्य सडकको चाप कम गर्न मदत गर्ने बताउनुभयो।
उहाँले अस्पताल र कालिकामन्दिरको क्षेत्रमा आवश्यक पर्खाल बुटवल उपमहानगरपालिकाले लगाउने र सडक पक्की गर्ने तयारी अगाडि बढाएको बताउनुभयो। ‘कालिकापथ र राजमार्गको नेपालगञ्ज रोड जोडिने भएको छ-उहाँले भन्नुभयो-यसले कालिकापथको उत्तरी निकास कहाँ हो भन्ने अन्योल हटाउने छ भने कालिकापथ र नेपालगञ्ज रोड जोडिएपछि सवारी चाप पनि कम हुनेछ।’
सो क्षेत्रमा डोजर लगाएर बुटवल उपमहानगरपालिकाले सडक सञ्चालनमा ल्याउने भएपछि स्थानीयले खुशी प्रकट गरेका छन्।
प्रतिकृया दिनुहोस्
- दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु
- बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा पस्यो लेदोसहितको भल
- आज बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै
- बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान
- ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
- आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा, बिदा नहुने, झण्डा आधा झुकाइने
- देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस
- ९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
- बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
- बाढी पहिरोको विपद बारे छलफल गर्न आज दिउँसो सर्वदलीय बैठक बस्दै
-
आर्थिक समृद्धिमा शिक्षाको महत्व
अशोज १२, २०८१ -
९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
अशोज १३, २०८१ -
तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह
अशोज १२, २०८१ -
बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता
अशोज १२, २०८१ -
ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
अशोज १६, २०८१ -
बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
अशोज १३, २०८१ -
नारायणगढ–मुग्लिन सडक भासियो
अशोज १२, २०८१
लेखकको सम्वन्धमा