चर्चामा

रुपन्देहीको सुद्धोधनमा शिक्षा नीति निर्माण सम्बन्धी सम्वाद कार्यक्रम सम्पन्न

रुपन्देहीको सुद्धोधनमा शिक्षा नीति निर्माण सम्बन्धी सम्वाद कार्यक्रम सम्पन्न
0 0
Read Time:1 Minute, 40 Second

बुटवल । नेपालमा शिक्षा सम्बन्धी नीतिगत ब्यवस्थाः मुख्य उपलब्धि, चूनौती र भावि मार्गचित्र विषयक नीति सम्वाद कार्यक्रम शुद्धाेधन गाउँपालिकाकाे सभाहलमा एक समारोहबीच सम्पन्न भएको छ।
रुपन्देहीको शुद्धाेधन गाउँपालिकाको आयोजनामा र नेपाल कानून समाज, ववरमहल,काठमाडौकाे सहजीकरणमा भएको शिक्षा नीति निर्माण सम्बन्धी सम्वाद कार्यक्रममा बोल्दै शुद्धाेधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले शैक्षिक क्षेत्रमा फड्को मार्दै शुद्धाेधनमा गुणस्तरीय शिक्षाको पहल गर्ने बताए।
कार्यक्रममा उपाध्यक्ष शान्तादेवी ज्ञवाली,शिक्षा तालिम केन्द्र रुपन्देहीका प्रमुख टिकाराम अर्याल, शुद्धाेधन गाउँपालिका ४ का अध्यक्ष प्रबक्ता तथा सामाजिक विकास संयोजक केशवप्रसाद अधिकारी, नेपाल कानुन समाजका सदस्य अधिवक्ता हेमा न्यौपाने पालिका भित्र रहेका सामुदायिक तथा निजि बिद्यालयका प्रधानाध्यापक,शिक्षकशिक्षिका लगायतले बोलेका थिए।
कार्यक्रममा विषयगत छलफलमा शिक्षाका सम्बन्धमा विभिन्न किसिमका छलफल समेत भएका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement