तौलिहवा भूमि सुधार मालपोत उठायो २१ करोड २१ लाख राजस्व

तौलिहवा भूमि सुधार  मालपोत उठायो  २१ करोड २१ लाख राजस्व
0 0
Read Time:1 Minute, 51 Second

कपिलवस्तु । कपिलबस्तु जिल्लामा तौलिहवा भूमि सुधार तथा मालपोत कार्यालयले आर्थिक बर्ष २०७९÷८० अवधिमा २१ करोड २१ लाख ८३ हजार १ सय ९२ रुपैया राजस्व संकलन गरेको छ

Advertisement

४ वटा नगरपालिका ३ वटा गाँउपालिका अन्तर्गत रहेको भूमि सुधार तथा मालपोत तौलिहवाले १५ हजार ९ सय ९० लिखत परित भएको जसबाट २१ करोड २१ लाख ८३ हजार १ सय ९२ रुपैया राजस्व संकलन गरेको तौलिहवा मालपोत कार्यालयका प्रमुख रिषि राम पौडलले बताउनु भएको छ , जसमध्ये ५ करोड ९५ लाख ३७ हजार ९८ रुपैया पूजिगत लाभकर रहेको बताउनु भयो ।

यस आर्थिक बर्षमा ५ हजार ६४ जना महिलले कारोबार गरेको महिलाहरुले १ करोड ८४ लाख १४ हजार १ सय ६ छुट भएको , दालित ७ सय ५६ वटा लिखत परित भएको जसमध्ये ४८ लाख ३२ हजार ३ सय ३५ रुपैया छुट पाएको र जेष्ठ नगारिकले ६७ जनाले लिखत परित गरेको छ भने जस्मध्ये २ लाख ३६ हजार ३ सय ४० रुपैया छुट पाएको र्ताैलिहवा मालपोत कार्यालयले जनाएको छ ।

यस आर्थिक बर्षमा ५१ वटा उधोग दर्ता खरिद गरिएको छ भने जसमध्ये १८ लाख ८९ हजार ८ सय १५ रुपैयाँ राजस्व छुट पाएको छ गत बर्षभन्दा यस आर्थिक बर्ष पूजीगत लाभ कर केहि बढेको भने राजस्वको रकम केहि घटेको मालपोट कार्यालयको तथ्याङले देखाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %