अटो ईन्जीनियरिङ्ग कलेज स्थापनामा जाेड
बुटवल । बुटवल अटो इन्जीनियरिङ्ग एशोसीयसनले अगाडी बढाएको अटो ईन्जीनीयरिङ्ग कलेजको अवधारणालाई सार्थक बनाउनको लागि सरोकारवाला निकायले प्रतिवद्धता जनाएका छन् । बुटवल अटो इन्जीनियरिङ्ग एशोसीयसनको २८ आै बार्षिकाेत्सवका अवसरमा बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पुर्व प्रदेश सामाजिक बिकास मन्त्री सुर्दशन बरालले अटो इन्जीनियरिङ्ग क्षेत्रमा विद्यार्थीहरुको भविश्यम समेत राम्रो रहेको भन्दै यसलाई अगाडी बढाउनुपर्ने बताए । यसको लागि आफुले स्थानीय तह देखि केन्द्र सम्म पहल गर्ने प्रतिवद्धता समेत जनाए ।
कार्यक्रममा आटो ईन्जीनियरिङ्ग कलेजको विषयमा अवधरण राख्दै पुर्व जनप्रतिनिधि तथा शिक्षा क्षेत्रका जानकार विमल बहादुर शाक्यले बुटवलले आटो क्षेत्रको कलेजको माग गरिरहेको भन्दै यसको विस्तृत अध्यायन प्रतिवेदन तयार गरी सोही अनुसारकोे समिति बनाएर संभाव्यताको खोजी गरिनुपर्ने बताए ।
उनले बुटवलमा अटो, मेकानिक्स क्षेत्रमा अहिले पनि अन्य देशका मानिसहरुले आएर काम गरिरहेको अवस्था रहेको भन्दै स्वदेशमा नै जनशक्ति तयार भएमा नेपालकाे रुपैयाँ बिदेसिनबाट जोगिने बताए ।
संस्थाकाे 2८ आै बार्षिकाेत्सवका अवसरमा अन्तरक्रिया कार्यक्रमकाे आयाेजना गरिएकाे जानकारी दिदै बुटवल अटो इन्जीनियरिङ्ग एशोसीयसनका अध्यक्ष तुल्सीराम न्यौपानले अटो ईन्जीयिर कलेजका लागि पहल निरन्तर जारी रहेको जानकारी थिए ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्जवल प्रसाद कसजुले यो विषयमा पहिला विस्तृत अध्यायन जरुरी रहेको सुझाव दिदै अहिलेको शिक्षा क्षेत्रमा विदेश नै जाने भन्ने धारणा विकास भएको भन्दै उनले यसलाई रोक्नको लागि अटो क्षेत्रमा भविश्यमा राम्रो छ भन्ने बुझाउनको लागि पुर्बाधार लगायत विभिन्न निकायकाे स्पस्ट धारणा आवश्यक रहेकाे वताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जिसी, नेपाली काग्रेस जिल्ला कोषाध्यक्ष हरि प्रसाद अर्याल, एकिकृत समाजबादी जिल्ला उपाध्यक्ष चिन बहादुर गुरुङ्ग, वडा अध्यक्ष शिव राना, लगायतका राजनीतिक दलका नेताहरुलाई दिगो रुपमा चलाउन सक्ने वातावारण मिलाउनको लागि सरकारसंग आग्रह गर्दै आ आफ्नो दलले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, व्यापार संघका अध्यक्ष कृष्ण बस्याल , पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल लगायतयले सिपमुलक प्राविधिक क्षेत्रको विद्यालय, अटो क्षेत्रको आवश्यक रहेको बताएका थिए ।
लेखकको सम्वन्धमा