विश्व ट्रेड युनियन महासंघ संमन्वय समिति नेपाल द्धारा क्युवेली जनताको पक्षमा ऐक्यवद्धता
बुटवल । विश्व ट्रेड युनियन महासंघले क्युबेली जनताको न्यायको संर्घषमा ऐक्यवद्धता जनाएको छ । विश्वका प्रगतिशिल एवम समाजवादी विचार पक्षधर श्रमीकहरुको अन्तराष्ट्रिय ट्रेड युनियन केन्द्र विश्व ट्रेड युनियन महासंघ(डब्लु एफ टियु) ले २६ जुलाई २०२३ का दिन क्युबाली जनताले सञ्चालन गरेको क्रान्तिको संघर्षको आन्दोलन प्रति ऐक्यवद्धता जानएको हो । संमन्वय समिति नेपालका महासचिव लोकराज भुषाल, प्रेमल कुमार खनाल द्धारा जारी विज्ञप्तीमा क्युवेली जनताको न्ययपूर्ण आन्दोलन सफलताको कामना समेत गरिएको छ ।
क्युवाली जनताले आफ्नो लोकतान्त्रिक हक र राजनैतिक स्वतन्त्रताका लागि बिगत लामो समय देखि न्यायपूर्ण संघर्ष गरिरहेक रहेको विज्ञप्तीमा उल्लेख गरिउको छ ।
क्युवाली जनताले गरेको बिरतापूर्ण संघर्षलाई अमेरिकी साम्राज्यबाद र उसका पक्षपोषक साम्राज्यवादीहरुले निर्ममतापूर्वक दमन, धरपकड, हस्तक्षेप गरिरहेका छन । न्यायपूर्ण संघर्षमा रहेका क्युवाली जनतालाई व्यापक रुपमा धरपकड गरि जेल र यातना दिएर सताई रहेको छ । सो संबन्धमा हामी नेपालमा कृयाशिल रहेका विश्व ट्रेड युनियन महासंघसंग आबद्ध राष्ट्रिय स्तरका ट्रेड युनियन महासंघहरुको साझा संजाल विश्व ट्रेड यूनियन महासंघ, समन्वय समिति नेपाल र यस संग आबद्ध नेपालका लाखौ श्रमिक मजदुरबर्गको तर्फबाट क्युवाली जनताको न्यायपूर्ण क्रान्तिकारि संघर्ष प्रति हार्दिक ऐक्यबद्धता प्रकट गर्दछौ– महासचिव लोकराज भुषालले भने ।
महान क्युवाली जनताको न्यायपूर्ण आन्दोलनलाई अमेरिकी साम्राज्यवादीहरुबाट गरिएको बर्बरतापूर्ण दमन, ज्यादती र हस्तक्षेप प्रति गहिरो र दुःखका साथ खेद प्रकट गरिएको छ । युवाली जनताको न्यायपूर्ण आन्दोलनको सिलसिलामा नागरिकहरुप्रति गरिएको धरपकड हत्या हिंसा, जेल, नेल जस्ता सँजायहरु प्रति दुःख व्यक्त समेत विज्ञप्तीमा गरिएको छ ।
‘सबै प्रकृतिका साम्राज्यबादी हस्तक्षेप, धरपकड, ज्यादती बन्द गर्न र बिनासर्त क्युवाली न्यायपूर्ण आन्दोलनका सम्मानित संघर्षशील योद्धाहरुलाई सम्मानजनक रिहायीको जोडदार माग गर्दछौं’– विज्ञप्तीमा भनिएको छ ।
ड्ड क्युवाली जनताको न्यायपूर्ण आन्दोलन सफल रहोस !
ड्ड क्युवाली जनताको न्यायपूर्ण जुझारु संघर्ष प्रतिको ऐक्यबद्धता जिन्दाबाद !
ड्ड क्युवामाथिको अमेरिकी साम्राज्यवादी हस्तक्षेप बन्द गर !
ड्ड विश्व ट्रेड युनियन महासंघ जिन्दाबाद !
सम्पुर्ण क्यवाली राजबन्दीहरुलाई तुरुन्त रिहाई गर !
ड्ड विश्व ट्रेड यूनियन महासंघ समन्वय समिति नेपाल ) जिन्दाबाद !
जस्ता नारा विज्ञप्तीमा उल्लेख छन् ।
लेखकको सम्वन्धमा