विद्यालयको भौतिक भन्दा शैक्षिक गुणस्तर वृद्धि गर्न आग्रह

विद्यालयको भौतिक भन्दा शैक्षिक गुणस्तर वृद्धि गर्न आग्रह
0 0
Read Time:3 Minute, 5 Second

देवदह । विद्यालयको भौतिक सुधार भन्दा पनि शैक्षिक सुधारमा ध्यान दिनुपर्ने देवदह नगरपालिकाका नगर शिक्षा अधिकारी टिकाराम शर्माले बताएका छन । उनले शिक्षकले गुणस्तरीय शिक्षा प्रदानमा ध्यान दिनुपर्ने बताए ।

Advertisement

नगर शिक्षा अधिकारी शर्माले आफु देवदहमा आएपछि थुप्रै कक्षाकोठा निर्माण गरिसकेको बताउदै सामुदायिक विद्यालयका शिक्षकले अझैपनी कक्षाकोठा बाहिर पठनपाठन गराउने काम नरोकिएको गुनासो गर्दै उहाले कक्षाकोठामा नै पठनपाठन गराउन शिक्षकहरुलाई आग्रह गर्नु भएको थियो ।

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सामुदायिक अंक तालिका , समस्याहरुको पहिचान र सामाधानको योजना विषयक अन्र्तक्रिया कार्यक्रममा उनले उक्त कुरा अताए।

कोटही आधारभूत विद्यालय देवदह ३ को आयोजना र सोईया महिला स्वाबलम्बी संस्था देवदह ४ को सहयोगमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नगर शिक्षा अधिकारी शर्माले उक्त कुरा बताए।

त्यस्तै गरि देवदह नगरपालिका वडा नं ३ का वडा अध्यक्ष यज्ञप्रसाद अर्यालले शैक्षिक अभिवृद्धिका लागि आफु सदैव विद्यालय संगै खडा भएको र आगामी दिनमा पनि हुने बताए।

सोईया महिला स्वाबलम्बी संस्थाले विगत ३ बर्ष देखि देवदहका ६ वटा सामुदायिक विद्यालयमा काम गर्दै आएको छ । गुणस्तरीय शिक्षाका लागि संस्थाले शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिलाई समय समयमा तालिम सञ्चालन गर्दैै आएको सो संस्थाका व्यवस्थापक मेनुका न्यौपानेले बताईन।

कोटहि आधाभूत विद्यालयमा गत साल अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षकको संयुक्त वैठकबाट निकालिएको समस्या र समाधानका उपायको अंक तालिकाको कार्यविधिमा के फरक र सुधार आयो भनि कार्यक्रमको आयोजना गरिएको व्यवस्थापक न्यौपानेले बताईन।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधोवि प्रसाद यादवको अध्यक्ष, सोइया महिला स्वाबलम्बी संस्थाका नारायण भण्डारीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सोइया महिला स्वाबलम्बी संस्थाका अध्यक्ष केशुमाया पुन, शिक्षक गणेश पराजुली लगाएत अभिभावकहरुले बोलेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %