सैनामैनामा सतप्रतिशत सम्म बढ्यो कर

सैनामैनामा सतप्रतिशत सम्म बढ्यो कर
0 0
Read Time:5 Minute, 9 Second

सैनामैना । सैनामैना नगरपालिकाले आर्थिक बर्ष २०८१÷०८२ देखि लागू हुनेगरी विभिन्न १० वटा शीर्षकमा सेवा शुल्क र कर बढाएको छ । बृद्धि गरिएको सेवा शुल्क र कर सेवाग्राही नगरबासीलाई प्रत्यक्ष असर पुग्नेगरि सत प्रतिसतसम्म बृद्धि गरिएको छ ।

Advertisement

कार्यपालिकाको बैठकले भन्दै नागरिकता सिफारिसमा सत प्रतिशत सेवा शुल्क बृद्धि गरिएको छ । त्यसैगरी खानेपानी र विद्युत सिफारिसमा पनि सत प्रतिशत शुल्क बृद्धि गरिएको छ भने नाता प्रमाणितमा पनि शत प्रतिशत बृद्धि गरिएको छ । त्यसैगरी बैदेशिक रोजगारीमा जाने तथा विभिन्न प्रयोजनको अंग्रेजी सिफारिसमा पनि सत प्रतिशत सेवा शुल्कमा बृद्धि गरिएको छ ।

नगरपालिकाले करको दायरा बृद्धि गरेर आम्दानीको श्रोत बढाउनुपर्नेमा नगरबासी जनतालाई प्रत्यक्ष भार थोपर्ने गरि सेवा शुल्क र कर बृद्धि गरेकोमा सैनामैनाका राजनैतिक दल, नागरिक समाज, उपभोक्ता र आम सेवाग्राहीले नगरपालिकाले गरेको निर्णयको विरोध गरेका छन ।

अस्थीरताका कारण जनताको दैनिकी नै प्रभावित भैरहेको बेला नगरपालिकाले सेवा शुल्क र करमा बृद्धि गरेर जनतामाथि आघात पु¥याएको गुनासो छ । नेपाली कांग्रेस सैनामैनाका सभापति रणबहादुर खनालले जनतालाई सेवा, सुविधा र सहुलियत दिनुपर्ने जनप्रतिनिधिहरुले उल्टो आम जनतालाई नै असर पुग्नेगरी सेबा शुल्क र कर बृद्धि गर्नु कुनैपनि मानेमा न्यायोचित नभएको बताउनुभयो ।

मुलुकको विद्यमान आर्थिक मन्दीको कारण जनताको दैनिकी नै प्रभावित भैरहेको अवस्थामा जनतालाई राहतको कार्यक्रम दिनुपर्नेमा सेवा शुल्क र कर बृद्धि गर्नु उचित नभएको उल्लेख गर्नुभयो ।
नगरपालिकाले सेवा शुल्कमात्र होइन बिज्ञापन करमा पनि बृद्धि गरेको छ । राजमार्ग सडक मोहडामा रहेका सटरको कर बृद्धि गरिएको छ भने सम्पत्ति करमा पनि बृद्धि गरिएको छ ।

त्यसैगरी चौकिल्ला सिफारिसमा पनि बृद्धि गरिएको छ भने ढुंगा माटो र गिट्टीको करमा समेत बृद्धि गरिएको छ । त्यसैगरी नक्सा पासमा पनि कर बृद्धि गरिएको छ । कर चुक्ता सिफारिमा पनि कर बृद्धि गरिएको छ । नेकपा एमाले सैनामैनाका इञ्चार्ज नारायण न्यौपानेले बर्तमान समयमा आम सेवाग्राहीलाई भार पर्नेगरी सेवा शुल्क र कर बृद्धि गर्नु कुनैपनि अर्थमा स्वीकार गर्नै नसकिने बताउनुभयो ।

उहाँले करको दर बढाउनु भन्दा दायरा बढाएर नगरको आम्दानीको श्रोत बढाउनु पर्नेमा नगरपालिका उल्टो बाटो हिँडेको उल्लेख गर्नुभयो । नगरपालिकाले कर बढाउँदा सैनामैनाका राजनैतिक दलहरुसंग कुनैपनि परामर्श र सल्लाह नगरेको उहाँको भनाई छ ।

नेकपा माओवादी केन्द्र सैनामैनाका इञ्चार्ज नारायण महतले कर बढाउने उपयुक्त समय अहिले होइन भन्नुभयो । उहाँले जनतालाई राहत दिनुपर्ने बेलामा उल्टै सेवा शुल्क र कर बृद्धि गर्दा आफूहरुसंग कुनैपनि सल्लाह नगरेको बताउँदै कर बृद्धि गरेको प्रति आफ्नो पार्टीको गंभीर आपत्ती छ भन्नुभयो ।

स्थानीय तहले आर्थिक अधिकार अन्तर्गत वार्षिक बजेट बनाउने, नीति तथा योजना तयार गर्ने र ती नीति तथा योजना कार्यान्वयन गर्ने गर्छ । स्थानीय तहले करसम्बन्धी अधिकारको प्रयोग संविधान र नगर सभाले बनाएको कानुन बमोजिम गर्ने गर्छ । तर, सैनामैना नगरपालिकाले नगर सभाको निर्णय भन्दै मनपरी रूपमा कर बढाएकोमा सैनामैना नगरबासीले रोष प्रकट गरेका छन ।

उता सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले भने सम्मृद्ध सैनामैना बनाउने अभियान पूरा गर्न कर बढाएको जवाफ दिनुभयो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %