सिटिजन बैंक भलुही शाखाद्वारा खानेपानी सस्थालाइ मिटर रिडिङ्ग मेसिन प्रदान
रुपन्देही । सिटिजन बैंक इन्टरनेसनल लिमिटेडले रुपन्देहीको देवदह भलुहिस्थित भलुही खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थालाइ खानेपानी मिटर रिडर मेसिन प्रदान गरेकोछ।
खानेपानी उपभोक्ता समितिका पदाधिकारी, उपभोक्ता, समाजसेवी, बैंकका कर्मचारीको उपस्तिथिमा सिटिजन बैंक इन्टरनेसनल बैंकका लुम्बिनी प्रदेश बुटवल पुर्वका कलस्टर हेड कपिल पोखरेलले खानेपानी सस्थाका अध्यक्ष राम प्रसाद सापकोटालाइ उक्त मेसिन हस्तान्तरण गर्नुभएको थियो।
खानेपानी सस्थाका अध्यक्ष राम प्रसाद सापकोटाले सिटिजन बैंकले मिटर रिडिङ्ग मेसिन सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै बैंकका ग्राहक र खानेपानी सस्थाका उपभोक्ता एउटै भएकोले आगामी दिनमा साझेदारी गरेर अगाडि बढिने बताउनुभयो ।
कलस्टर हेड कपिल पोखरेलले बैंकले जनताको वित्तीय आवश्यकता परिपुर्ति गर्न बैंकिङ्ग सेवा सगै सस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने जानकारी दिनुभयो ।
बैंकका भलुही शाखा प्रबन्धक विष्णु पाण्डे बैंकले उत्कृष्ट बैंकिङ्ग सेवा सगै सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मिटर रिडिङ्ग मेसीन हस्तान्तरण गरिएको जानकारी दिनुभयो।
लेखकको सम्वन्धमा