चर्चामा

सुठौली भन्सारद्वारा आर्थिक वर्ष लक्ष्यको ३२ प्रतिशत मात्र राजस्व सङ्कलन

सुठौली भन्सारद्वारा आर्थिक वर्ष लक्ष्यको ३२ प्रतिशत मात्र राजस्व सङ्कलन
0 0
Read Time:1 Minute, 33 Second

कपिलवस्तु । कपिलवस्तु जिल्लाको दोस्रो ठुलो सुठौली भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०÷८१ को लक्ष्यको जम्मा ३२ प्रतिशत मात्र राजस्व उठ्न सफल भएको छ ।आर्थिक वर्ष २०८०÷८१ सुठौली भन्सारका कार्यालयको १ अर्ब ८१ करोड लक्ष्य रहेको थियो ।
असार सम्म ५७ करोड १५ लाख मात्र राजस्व उठ्न सफल भएको सुठौली भन्सार कार्यालयका प्रमुख नारायण प्रसाद गैरेले जानकारी दिए । ग्रेनाइट र मार्बल आयात रोकिएको कारणले गर्दा राजस्वमा कमी आएको कार्यालयका प्रमुख गैरेले जानकारी दिए ।
विगत आर्थिक वर्ष भन्दा यो आर्थिक वर्षमा राजस्व बढेको सुठौली भन्सार कार्यालयले जनाएको छ फागुन महिनामा लक्ष्यको ३५ प्रतिशतमात्र राजस्व उठाउन सफल भएको सुठौली भन्सार कार्यालयले जनाएको छ । विशेष गरी सुठौली भन्सार कार्यालयबाट आयत हुन कच्चा पदार्थ सिमेन्टको धुलो , कोइला , कपडाहरू लगायतको समानहरू आयात हुने बताए , पछिल्लो दुई महिनामा क्यारेटाईन पनि सुचारु भएको लक्ष्य केही मात्रामा बढेको बताए ।

Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement