चर्चामा

नीतिमा पारदशीर्ता एवं उत्तरदायी बन्न जोड

नीतिमा पारदशीर्ता एवं उत्तरदायी बन्न जोड
0 0
Read Time:3 Minute, 55 Second

बुटवल । रुपन्देही व्यापार संघको आयोजनामा सोमवार पछिल्लो परिवर्तित कर तथाभन्सार नीति लगायतका बिषयमा सम्बन्धित कार्यालयहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान कार्यालय, भैरहवा भन्सार कार्यालय र भन्सार एजेन्ट संघका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

Advertisement

संघको सभाहलमा आयोजित कार्यक्रममा व्यवसायीहरुले राज्यका तर्फबाट छोटो समयमा नै करका दर, नीतिहरु परिर्वतन गरिदा त्यसले असहजता आउने गरेको बताउदै दिर्घकालिन नीतिहरु तर्जुमा गर्न आग्रह गरेका थिए ।

उनीहरुले मुलुकमा औद्योगिक एवं व्यावसायिक वातावरण निर्माण गर्न तथा व्यापार सहजीकरणका लागि कुनै पनि नितिहरु बन्नु पर्ने मालहडका हिसाबले बन्ने गरेको गुनासो गर्दै प्रशासनिक रुपमा झेल्नु परेका अप्ठयाराहरुलाई व्यवहारिक रुपमा समाधान गर्ने बाटो खोज्न सुझाएका थिए ।

पारदर्शी र असल अभ्यासको अभावले हाम्राऐन तर्जुमा संगै कार्यान्वयनमा पनि समस्याहरु देखिएको बताउदै सहभागीहरुले प्रशासनबाट अनावश्यक दुःख दिने गरेको, गलत काम गर्नेलाई दण्ड र इमानदारलाई पुरस्कारको व्यवस्थागर्ने कुरा राज्यबाट अवलम्बन हुन नसकेको बताएका थिए । उनीहरुले राज्यका अंगहरु उत्तदायी संगै नीतिमापा रदर्शीता बनाइ व्यापारलाई सहजतथा सुरक्षित बनाउने कुरामा ध्यान दिन आग्रह पनि गरेका थिए ।

सो अवसरमा बोल्दै संघका पूर्व अध्यक्ष मोतीलाल पाण्डेले व्यवसायीहरु राज्यकानीति र विधिलाई सधै पालनागर्ने समुहभएका कारण उनीहरुका समस्या प्रति राज्य गम्भिर बन्नु पर्ने बताए । राज्यका धेरै नीति र करहरु व्यवसायी मैत्री बन्ननसकेको बताउदै पाण्डेले व्यवसायीहरुलाई जरिवाना र दण्ड गर्ने सोंच मात्र नराख्न आग्रह गरे।

कार्यक्रमको उद्देश्यमाथि प्रकास पार्दै संघका अध्यक्ष दिपकअधिकारीले मुलुकको अर्थतन्त्र चलायमान बनाउन राज्यकानीतिहरु व्यवसाय मैत्री बन्नु पर्ने र कार्यालयहरु जिम्मेवार हुनु पर्ने कुरामाजोड दिनु भयो । उहाले राज्यका कर र नीतिमा देखिएका अस्थिरताले व्यवसायीहरुले सास्ती व्यहोर्नु परेको उल्लेख गर्दै राजश्व असुलीका नाममा सबै व्यवसायीलाई एउटै डालोमा हालेर हेर्ने सोंचमा परिर्वतन गर्न अनुरोध गरे ।

संघका अध्यक्ष दिपक अधिकारीको अध्यक्षता, महासचिव फर्सुराम पन्थको सञ्चालनमा भएको कार्यक्रममा भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत इश्वर थापा, राजस्व अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत होम पाण्डे र आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत कमल सुवेदीले आफ्ना कार्यालयका विषयबस्तुहरु राखेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %