लुम्बिनीमा वर्षाबास धार्मिक अनुष्ठान

लुम्बिनीमा वर्षाबास धार्मिक अनुष्ठान
0 0
Read Time:3 Minute, 10 Second

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा आठौँ वर्षाबास तथा धार्मिक अनुष्ठान सुरु भएको छ । लुम्बिनीस्थित राजकीय बौद्ध विहारमा आइतबार आयोजित कार्यक्रममा विहारका संरक्षक भीक्षु सागर धम्मले शील पाठ गरेर वर्षाबासको आरम्भ गरेका हुन्।

Advertisement

भिक्षु धम्मले वर्षाबास कार्यक्रमले बुद्धको उपदेशहरूको ज्ञान लिन सहयोग पु¥याउने विश्वास व्यक्त गरे । उनले भने, “नेपालीहरूलाई विश्वभर बुद्धको देशका मानिस भनेर चिनिन्छ । यसैले पनि सबै नेपालीले बुद्धको ज्ञान लिनु आवश्यक छ ।” लुम्बिनी आध्यात्मिक केन्द्र भएको उल्लेख गर्दै उनले लुम्बिनीबाट के पाएँभन्दा पनि के दिएँ भनेर सोच्नुपर्ने बताए ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले विभिन्न समयमा लुम्बिनीको पहिलो राजकीय बौद्ध विहार भत्काउने विषय उठ्ने गरेको जनाउँदै बुद्ध जन्मेको स्थानमा बुद्ध विहार भत्काउँदा संसारभर राम्रो सन्देश नजाने बताइन् । उनले विहारलाई लुम्बिनी विकास गुरुयोजनाभित्र राखेर पुनःनिर्माण गर्न सरोकार भएकाहरूलाई सुझाव दिइन् ।

उनले लुम्बिनीमा रहेका अधिकांश गुम्बा र विहार स्थानीयसँग जोडिन नसकेको दुखेसो गरिन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले विश्व समुदायको हितका लागि शान्ति पहिलो शर्त भएकाले शान्ति प्राप्तिका लागि समुदाय स्तरमा बुद्ध शिक्षा पु¥याउनुपर्नेमा जोड दिए ।

विभिन्न समयमा हुने यस्ता धार्मिक अनुष्ठानहरूले धार्मिक सहिष्णुता जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए । वर्षात्को तीन महिना प्रतिकूल मौसमका कारण धर्मयात्रा गर्न असहज हुने भएका कारण उपासक–उपासिकासहित भिक्षुहरू सुरक्षित स्थानमा बसेर धार्मिक अनुष्ठानमा सरिक हुने प्रक्रियालाई वर्षाबास भनिन्छ ।

साउन पूर्णिमादेखि सुरु भएको वर्षाबास तीन महिनापछिको पूर्णिमामा समापन हुनेछ । वर्षाबास कार्यक्रम व्यवस्थापनको जिम्मा बौद्ध महिला समितिले लिएको छ ।
रासस

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %