लुम्बिनीमा पहिलोपटक सत्ताच्युत भयो माओबादी
बुटवल । तत्कालिन प्रदेश नम्बर ५ को मुख्यमन्त्रीको रुपमा शंकर पोखरेल हुँदै भ्रखरै राजीनमा दिएका माओबादीका मुख्यमन्त्री जोख बहादुर महरासम्म आईपुग्दा निरन्तर सत्तामा रहेको माओबादी केन्द्र लुम्बिनी प्रदेशबाट पहिलो पटक सत्ताच्युत भएको छ ।
शंकर पोखरेल मुख्यमन्त्री हुँदा माओवादी संगै थियो भने त्यसपछि कुलप्रसाद केसी माओबादीकै मुख्यमन्त्री बने । दोस्रो दोस्रो प्रदेशसभा निर्वाचन भएयता पनि माओबादी सत्तामै थियो । नेकपा एमालेका संसदीय दल नेता लीला गिरी मुख्यमन्त्री हुँदा होस वा नेपाली कांग्रेसका संसदीय दल नेता डिल्ली बहादुर चौधरी मुख्यमन्त्री हुँदा माओबादी सरकारमै थियो ।
त्यसपश्चात माओबादी केन्द्रका संसदीय दलका नेता जोख बहादुर महरा मुख्यमन्त्री रहँदा सम्म निरन्तर सत्तामा रहेको माओबादी महराले राजीनामा दिएसंगै सत्ताबाट बाहिरिएको छ ।
पहिलो सरकार गठन भएदेखि हालसम्म नेकपा माओवादी केन्द्रले सरकारमा रहँदाको सरपान स्वाद चाखिरह्यो। तर, अब नेकपा एमाले र कांग्रेस समीकरणमा नयाँ सरकार बन्न थालेपछि पहिलो पटक प्रतिपक्षको भूमिकामा पुगेको छ माओवादी केन्द्र। प्रदेश सभामा ८७ जना प्रदेश सभामा माओवादी केन्द्रका सभामुखसहित ११ जना प्रदेश सभा सदस्य छन्।
अब १० जना प्रदेश सभा सदस्य प्रतिपक्षको बेन्चमा बस्नेछन्। प्रदेश स्थापना भएदेखी बनेका पाँच वटा सरकारमा माओवादी केन्द्र सरकार पक्षको बेन्चमानै बस्यो। तर, अव उसको यात्रा प्रतिपक्षको बेन्चमा पुगेको छ।
आइतबार मुख्यमन्त्री जोखबहादुर महराले बैठकलाई सम्वोधन गर्ने क्रममा सत्तापक्षको बेन्चमा नेकपा माओवादी केन्द्रका सभामुख बाहेक १०, नेकपा एकीकृत समाजवादी, स्वतन्त्र सांसद र उपसभामुख एक/एक जना गरी जम्मा १३ जनाको बेन्च थियो।
प्रदेश सभाका ७३ जना प्रदेश सभा सदस्य प्रतिपक्षमा बेन्चमा रहेका थिए।
अव नयाँ समिकरणको आधारमा सरकार गठन भएमा आइतबार प्रदेश सभामा देखिएको दृश्यको ठिक विपरित प्रतिक्षमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सांसद मात्रै रहन सक्ने देखिएको छ।
सरकारले गर्ने कामको आधारमा सदनमा प्रमुख प्रतिपक्षको रुपमा भूमिका निर्वाह गर्ने प्रमुख सचेतक ईन्द्रजीत थारुले बताए।
‘फेरी पनि हामी जनताको आवाज उठाउने, जनताकै पक्षमा सदनबाटै संघर्ष सुरु गर्ने र त्यसलाई जनताको विचमा पुर्याउने मुख्य भूमिका रहन्छ’प्रमुख सचेतक थारुले भने, ‘हामी प्रतिपक्षमा बसेर जनताको आवाज उठाईराख्ने र निरन्तर खबरदारी गरिराख्ने भूमिका रहन्छौं।’
राजिनामा दिन रोष्ट्रमा उभिएका मुख्यमन्त्री जोखबहादुर महराले आफुहरु सरकारमा समावेश भएको ९ बर्ष पुगेको जानकारी दिँदै अव प्रतिपक्षको भूमिका बलियोगरी बढाउने बताए।
‘सत्तापक्षको व्यवहारले निर्धारण गर्छ प्रतिपक्षको भूमिका कस्तो हुने भन्ने कुरा’उनले भने,‘हामीलाई गौरव छ, सत्ताको नेतृत्व पनि हामीले गरिरहेका थियौं। अव प्रतिपक्षको भूमिका पनि हामीले गर्ने छौं।’
यस्तै मुख्यमन्त्री जोखबहादुर महराले राजिनामा दिने क्रममा सम्वोधन गर्दै कामचलाउ मुख्यमन्त्री भएर एक छिन पनि बस्न मन नरहेको बताए। ‘तपाईहरुको सरकार छिटो बनोस्।
म कामचलाउमा त एकछिन बस्न सक्दैन’उनले भने,‘छिटो सरकार बनाउनुस्, छिटो कामलाई अघि बढाउनुस्।’
सोमबार लुम्बिनी प्रदेशको छैटौँ मुख्यमन्त्रीको रुपमा अर्घाखाँचीबाट निर्वाचित नेकपा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका छन् । नेकपा एमालेका २९ र नेपाली कांग्रेसका २७ सांसदहरुको हस्ताक्षरसहित आचार्यले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नै मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् भने नियुक्तिको कार्यक्रम भने बुधबारलाई तोकिएको छ ।
लेखकको सम्वन्धमा