कपिलवस्तु प्रशासन बाट राहदानी लिने बढे
कपिलबस्तु । कपिलबस्तु जिल्लामा आर्थिक बर्ष २०८०÷८१ मा दुईवटा ईलाका प्रशासन र जिल्ला प्रशासन गरी यस बर्ष नागरिकता लिने भन्दा राहदानी (पासपोर्ट ) लिने संख्या बढेको जिल्ला प्रशासन कार्यालयको तथ्याङले देखाएको छ ।
यस आर्थिक बर्ष २०८०÷८१ मा कपिलबस्तु जिल्ला प्रशासन कार्यालयबाट २० हजार ४ सय ३५ जनाले राहदानी लिएको छन् भने नागरिकत लिने संख्या जम्मा बंशाजको नागरिकता १७ हजार १ सउ ३७ जना लिएको छन् भने बैबाहिक अंगिकृत नागरिकता १३ सय ३५ जना ,नागिकताको प्रतिलिपि १० हजार १ सय ६६ जना , नाबलक परिचिय पत्र ४१८ र गैर अवसिय नेपाली नागरिकता ३ वटा बितरण गरेको सहयाक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले जानकारी दिनु भएको छ ।
राष्ट्रिय परिचय पत्र दर्ता २२ हजार ७ सय ३३ गरेको राहदानी दर्ता २० हजार ४ सय ३५ दर्ता गरेको भने २५ हजार ४ सय ७६ राहदानी बितरण गरेको सहायक प्रमुख अधिकारी घिमिरे बताए ।
कपिलबस्तु जिल्ला प्रशासन कार्यालय यस आर्थिक बर्ष बैबाहिक १० हजार २ सय ९ जनलाई बंसाजको नागरिकता र बैबाहिक अंगिकृत नागरिकता ९ सय १० जनालाई बितरण गरेको छ भने ईलाका प्रशासन कार्यालय चन्द«ोटाले बंसजको नागरिकता ४ हजार २ सय ६९ जनालाई नागिरकता बितरण गरेको छ।
त्यस्तै बैबाहिक अंगिकृतको नागरिकता ४ सय २ जनालाई बितरण गरेको छ भने ईलाका प्रशासन कार्यालय बाणगंगाले यस बर्ष २हजार ५ सय ५९ जनाले बंशाजको नागरिकता लिएका र २३ जनाले वैबाहिक अंगिकृत नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।
लेखकको सम्वन्धमा