चर्चामा

आचार्य क्याबिनेटमा जाने यी हुन एमाले र काङ्ग्रेसका संभावित दाबेदार

आचार्य क्याबिनेटमा जाने यी हुन एमाले र काङ्ग्रेसका संभावित दाबेदार
0 0
Read Time:4 Minute, 7 Second

बुटवल । लुम्बिनी प्रदेश सरकारमा १२ मन्त्रालय छन् । नेकपा एमाले र नेपाली काङ्ग्रेस बिच सत्ता साझेदार बन्ने सहमति भएपछि सोमबार मात्रै नेकपा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भए।

Advertisement

दुई ठुला दलबीच मन्त्रालय थपघट नगर्ने सहमति भइसकेकोले र साना दललाई स्पेस दिनका लागि अहिले ९ मन्त्रालयमध्ये ५ कांग्रेस र ५ एमालेलाई दिने समझदारी बनेको छ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, जनमत र लोसपाका ३–३, जसपाका २ र जसपा नेपालका १ प्रदेश सभा सदस्य छन् । ४ सदस्य रहेको राप्रपाले कुनै निर्णय गरेको छैन । माओवादीका १० सांसद रहेका छन् । भने नेकपा एस, जनमोर्चा र स्वतन्त्रबाट एक एक सांसद रहेका छन् उनीहरु सहित १३ जना प्रतिपक्षमा बस्ने भएका छन् ।

५–५ मन्त्रालय एमाले कांग्रेसले लिने र २ मन्त्रालय सरकारलाई समर्थन गर्ने साना दलहरूलाई दिने दुई दलको तयारी छ । साना दललाई बिना सर्त सरकारलाई समर्थन गर्न उनीहरूले आग्रह गरिरहेका छन् । एमाले नेतृत्वको सरकारलाई नागरिक उन्मुक्ति, जनमत, जसपा, जसपा नेपाल र लोसपाले समर्थन गर्ने जनाएका छन् ।

मुख्यमन्त्री नियुक्त हुँदा यी दलले समर्थन भने गरेका छैनन् । एमाले प्रमुख सचेतक तुलसी चौधरीले साना सबै दललाई सहकार्यका लागि आग्रह गरिएको तर कुनै शर्तलाई मान्य नहुने जानकारी दिइएको बताए ।

कांग्रेसबाट सरकारको नेतृत्व गर्ने र मन्त्री बन्नेहरूको लबिङ र दौडधुप पनि सुरु भएको छ । कांग्रेसबाट दाङका राजु खनालले पार्टीको नेतृत्व गरेर सरकारमा जाने सम्भावना छ । खनाल यसअघि स्वास्थ्यमन्त्री बनेका थिए ।

अर्को पक्षले गुल्मीका धनेन्द्र कार्की पनि हुनसक्ने बताएका छन् । आर्थिक मामिला मन्त्रालय लिएर खनालले नै नेतृत्व गर्नसक्ने सम्भावना रहेको कांग्रेस नेताहरुको भनाइ छ । खनाल संस्थापन इतर र कार्की संस्थापन पक्षका हुन् ।

कांग्रेसबाट प्युठानका सरोज थापा (रोज राणा), बर्दियाका जन्मजय तिमिल्सिना, बाँकेका बादशाह कुर्मी पनि मन्त्री बन्दै पहिलो सूचीमा छन् । त्यसबाहेक पाल्पाका बिरबहादुर राना, बर्दियाका भुवनेश्वर चौधरी, दाङका प्रचण्ड विक्रम न्यौपाने, प्यूठानकी निमा गिरी पनि मन्त्रीको लबिङमा छन् ।

त्यस्तै एमालेमा पनि मन्त्रीका आकांक्षीहरू धेरै छन् । मन्त्रीका लागि रूपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, तुलसीप्रसाद चौधरी, कपिलवस्तुका विष्णु पन्थी बाँकेका रत्न खत्री र बाँकेकै बसन्ती न्यौपाने, दाङकी सीता चौधरी बलिया दावेदार हुन् ।

ढकाल यसअघि सहरी विकास तथा खानेपानी मन्त्री, पन्थी आन्तरिक मामिला मन्त्री, खत्री सामाजिक विकासमन्त्री थिए । श्रेष्ठ पूर्व मन्त्री हुन् भने प्रमुख सचेतक रहेका चौधरी अहिलेसम्म मन्त्री बनेका छैनन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %